कोलकाता, 10 अक्टोबर (हि.स.)। पश्चिम बंगाल विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले गए बिहीवार राती चुनाउ आयोग समक्ष राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी विरूद्ध कारबाही गर्ने माग गरेका छन्। उनले आरोप लगाए, मुख्यमन्त्रीले राज्यका मुख्य निर्वाचन अधिकारी (सीईओ) मनोज अग्रवालमाथि निर्लज्ज हमला गरेकी छन् जुन लोकतान्त्रिक प्रक्रियालाई प्रभावित पार्ने चेष्टा हो।
अधिकारीले भने, मुख्मन्त्रीले यो बयान कुनै राजनीतिक ऱ्यालीमा होइन, राज्य सचिवालय नवान्नमा आयोजित एक प्रेस कन्फ्रेन्समा, मुख्य सचिवको उपस्थितिमा दिएकी हुन्। उनले सीईओमाथि भ्रष्टाचारीको आरोप लगाउँदै “म आशा गर्छु कि उनले अधिक प्रतिक्रिया नदिउन् वा आक्रामक नहोउन्” जस्ता टिप्पणीहरू गरिन् जुन एक संवैधानिक पदाधिकारीहरूलाई डर देखाउने अनि धम्काउने प्रयास हो।
शुभेन्दु अधिकारीले आफ्नो एक्स (पूर्व ट्विटर) ह्याण्डलमा लेखे, “मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा पश्चिम बंगालका मुख्य निर्वाचन अधिकारी विरूद्ध खुल्ला रूपमा लगाइएको आरोप तथा अप्रत्यक्ष धम्की असंवैधानिक मात्र छैन जबकि लोकतान्त्रिक प्रणालीको पवित्रतामाथि सोझो प्रहार हो।”
उनले भने, मुख्यमन्त्रीले चुनावी प्रक्रियासित सम्बन्धित अधिकारीहरूलाई धम्काएको यो पहिलो अवसर होइन। यसअघि 28 जुलाई, 2025-मा पनि बीरभूम जिल्लाको बोलपुरमा आयोजित एक प्रशासनिक बैठक अवधि ममता ब्यानर्जीले बूथ लेभल अधिकारी (बीएलओ)-हरूलाई यो चेताउनी दिएकी थिइन्, यदि उनीहरूले मतदाता सूचीबाट कसैको नाम हटाउने चेष्टा गरे उनीहरूले “परिणाम भोग्नुपर्ने”। अधिकारी अनुसार मुख्यमन्त्रीले यो पनि भनेकी थिइन्, चुनाउपछि चुनाउ आयोगको अधिकार समाप्त हुन्छ जसबाट बीएलओमाथि दबाव बनाउने प्रयास स्पष्ट थियो।
अधिकारीले राज्यमा कानून-व्यवस्थाको स्थितिमाथि चिन्ता व्यक्त गर्दै भने, हालैमा एक जना अनुसूचित जनजाति समुदायका सांसदमाथि दिउँसै हमला गरियो जबकि उनीहरू बाढ़ी पीड़ितहरूलाई राहत सामग्री वितरण गर्न गइरहेका थिेए। उनले भने, “जब एकजना निर्वाचित जनप्रतिनिधि पनि सुरक्षित छैनन् भने सीईओको सुरक्षामाथि गम्भीर खतरा छ जसलाई लिएर मुख्यमन्त्री स्वयंले सार्वजनिक रूपमा धम्की दिएकी छन्।”
शुभेन्दु अधिकारीले चुनाउ आयोगसित ममता ब्यानर्जी विरूद्ध तत्काल कड़ा कारबाही गर्ने माग रे ताकि यो सन्देश सम्प्रेषण होस् कि कुनै पनि व्यक्ति चाहे त्यो मुख्यमन्त्री नै किन नहोस्, कानूनमाथि माथि छैन। उनले सीईओ कार्यालय तथा आवासमा केन्द्रिय सुरक्षा बलहरूलाई तैनाथ गर्ने माग गरे ताकि उनीहरूको सुरक्षालाई सुनिश्चित गर्न सकियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा