भुवनेश्वर, 11 अक्टोबर (हि.स.)। एसियाली अन्डर-१८ च्याम्पियन हिमांशु झाखडले शुक्रबार कलिंगा स्टेडियममा जारी राष्ट्रिय जुनियर एथलेटिक्स च्याम्पियनशिपमा स्टार भाला फ्याँक खेलाडी नीरज चोपडाको ११ वर्ष पुरानो मिड रेकर्ड तोडेका छन्। यस उत्कृष्ट प्रदर्शनसँगै उनले सन् २०२६ को वर्ल्ड अन्डर-२० च्याम्पियनशिपका लागि पनि क्वालिफाइ गरेका छन्।
साउदी अरबमा गत अप्रेलमा सम्पन्न एसियाली च्याम्पियनशिपमा ६७.५७ मिटरको थ्रो गर्दै स्वर्ण पदक जितेका हिमांशुले यसपालि झनै उत्कृष्ट प्रदर्शन गर्दै पुरुष अन्डर-१८ क्वालिफिकेशन राउन्डमा ७९.९६ मिटरको थ्रो गरेका छन्। यो न केवल वर्ल्ड अन्डर-२० क्वालिफिकेशन मार्क (६८.५० मिटर) भन्दा धेरै उत्कृष्ट थियो, तर नीरज चोपडाले सन् २०१४ मा विजयवाडामा बनाएको ७६.५० मिटरको रेकर्डभन्दा तीन मिटर बढी पनि रह्यो।
यसै प्रतियोगितामा मोहित चौधरीले अन्डर-२० पुरुष ५००० मिटर दौडमा १४:०९.७१ सेकेन्डको समय निकाल्दै नयाँ मिट रेकर्ड बनाए। त्यस्तै, ऐलिस विकलले अन्डर-१६ केटीहरूको सटपुट क्वालिफिकेशनमा १३.२६ मिटरको थ्रो गर्दै अलका सिंहको राष्ट्रिय रेकर्ड (१३.१० मिटर) तोडेकी छिन्।
यी प्रदर्शनहरूले देशका जुनियर एथलीटहरूको शानदार उदयको संकेत दिएका छन्, जसले अन्तरराष्ट्रिय स्तरमा भारतका लागि नयाँ आशा जगाएका छन्।
--------------
हिन्दुस्थान समाचार / भवानी थामी