अमेरिकाको इतिहासमा सन् १७९२ ऐतिहासिक मानिन्छ, किनभने यही वर्षमा राष्ट्रपति निवास ह्वाइट हाउस को जग राखिएको थियो। वाशिङ्टन डीसीमा अवस्थित यो भवन अमेरिकी राष्ट्रपति निवास र कार्यस्थल दुवै हो।
ह्वाइट हाउसको डिजाइन आयरिस वास्तुकार जेम्स होबनले तयार गरेका थिए। यसको निर्माण अमेरिकी राष्ट्रपतिहरूका सुरक्षा, प्रशासनिक कार्य तथा प्रतिनिधित्वका उद्देश्यले गरिएको हो। भवनको निर्माण सन् १७९२ मा सुरु भयो र पछि यसमा धेरै पटक विस्तार र पुनःनिर्माण गरियो।
ह्वाइट हाउस केवल अमेरिकी राष्ट्रपति बस्ने घर मात्र होइन, यो देशको राजनीतिक शक्ति र अमेरिकी लोकतन्त्रको प्रतीक पनि हो। यसको जग राखिनु अमेरिकी इतिहासको महत्वपूर्ण घटना मानिन्छ, जसले राष्ट्रिय राजधानी वाशिङटनको विकासमा पनि ठूलो योगदान दियो।
महत्वपूर्ण घटनाक्रम
१७९२ – अमेरिकाको राष्ट्रपति निवास ‘ह्वाइट हाउस’ को जग राखियो।
१९७६ – बोलिभियामा बोइङ जेट विमान दुर्घटना, करिब १०० जनाको मृत्यु।
१९८७ – कोस्टारिकाका राष्ट्रपति ओस्कार आरियासलाई नोबेल शान्ति पुरस्कार।
१९९९ – कोलम्बिया विश्वविद्यालयका अर्थशास्त्री प्रो. रबर्ट मुन्डेल लाई अर्थशास्त्रको नोबेल पुरस्कार।
१९९९ – अटल बिहारी वाजपेयी तेस्रो पटक भारतका प्रधानमन्त्री बने।
२००० – दक्षिण कोरियाका राष्ट्रपति किम दाई जुंग लाई शान्तिको नोबेल पुरस्कार।
२००१ – नाइजेरियामा अमेरिकाविरोधी प्रदर्शनका क्रममा साम्प्रदायिक हिंसामा करिब २०० जनाको मृत्यु।
२००२ – इन्डोनेसियाको बाली नाइट क्लबमा विस्फोट, २०० जनाको मृत्यु, ३०० भन्दा बढी घाइते।
२००३ – डलासमा २६ घण्टासम्म चलेको जटिल शल्यक्रियापछि मिश्रका जुम्ल्याहा शिशुहरूको टाउको अलग गरियो।
२००३ – नासाका लागि एक भारतीय विद्यार्थी चयन।
२००३ – जर्मनीले स्वीडनलाई हराउँदै पहिलोपटक विश्वकप फुटबल जित्यो।
२००३ – चीनले पहिलोपटक मानवसहितको अन्तरिक्ष यान लङ मार्च 2 एफ प्रक्षेपण गर्यो।
२००३ – नयाँ दिल्लीमा इन्टरपोल सदस्य देशहरूको सम्मेलन सुरु।
२००४ – साउदी अरबले हरेक वर्ष एक लाख श्रमिक घटाउने घोषणा। चीनले ताइवानको शान्ति पहल अस्वीकार।
२००५ – जर्मन नाटककार हेराल्ड पिन्टर लाई साहित्यको नोबेल पुरस्कार।
२००६ – बंगलादेशका मो. युनुस र उनको ग्रामीण बैंक लाई नोबेल पुरस्कार।
२००८ – रायबरेलीमा रेल कोच कारखानाको जग्गा विवादमा इलाहाबाद उच्च अदालतले यथास्थिति कायम राख्ने आदेश।
२०११ – भारतको गृह मन्त्रालयद्वारा दफ्तरमा कठिन हिन्दी शब्दको सट्टा उर्दू, फारसी, सामान्य हिन्दी र अंग्रेजी शब्द प्रयोग गर्न निर्देशन।
२०१२ – पाकिस्तानको दारा आदममा आत्मघाती विस्फोट, १५ जनाको मृत्यु।
२०१३ – मध्य प्रदेशको दतिया जिल्लामा भगदड, १०९ जनाको मृत्यु।
जन्म
१८७७ – भूलाभाई देसाई, प्रख्यात विधिवेत्ता र महात्मा गान्धीका सहयोगी।
१९११ – अशोक कुमार, प्रसिद्ध चलचित्र अभिनेता।
१९२९ – शिवेन्दर सिंह सिन्धू, मणिपुर, गोवा र मेघालयका पूर्व राज्यपाल।
१९३१ – भूमिन्धर बर्मन, असमका पूर्व मुख्यमन्त्री।
१९४८ – नुसरत फतेह अली खान, सूफी कव्वाली गायक।
१९९० – पूजा हेगडे, तेलुगु, तमिल र हिन्दी फिल्मकी अभिनेत्री।
१९९३ – हनुमा विहारी, भारतीय क्रिकेटर।
१९९४ – अविनाश साबले, भारतीय एथलेटिक्स खेलाडी (लामो बाधा दौड)।
निधन
१९०० – अमीर मीनाई, उर्दूका प्रसिद्ध शायर।
१९११ – भगिनी निवेदिता, स्वामी विवेकानन्दकी शिष्या, समाजसेवी तथा लेखिका।
१९८७ – किशोर कुमार, प्रसिद्ध गायक।
२००० – जरनैल सिंह, फुटबल खेलाडी।
२००४ – निरुपा रॉय, हिन्दी फिल्मकी प्रसिद्ध अभिनेत्री।
महत्वपूर्ण दिवस
विश्व दृष्टि दिवस
विश्व डाक दिवस (सप्ता
ह)
राष्ट्रिय विधिक सहायता दिवस (सप्ताह)
---------------
हिन्दुस्थान समाचार / भवानी थामी