इम्फाल, 12 अक्टोबर १२ (हि.स.)। मणिपुर पुलिस र सुरक्षा बलहरूले सञ्चालन गरेका छुट्टाछुट्टै अभियानहरूमा पछिल्ला २४ घण्टाभित्र विभिन्न उग्रवादी संगठनका तीन जना कार्यकर्ताहरूलाई पक्राउ गरिएको छ। उनीहरूबाट तथा अन्य एक अलग अभियानमा ठूलो मात्रामा हतियार र गोलीबारुद बरामद गरिएको पुलिसले जनाएको छ।
मणिपुर पुलिस मुख्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाएको छ, सुरक्षा बलहरूले थौबल जिल्लाको याइरीपोक थाना क्षेत्रअन्तर्गत याइरीपोक बजारबाट केसीपी (अपुनबा) का एक सक्रिय कार्यकर्ता पक्राउ गरेका छन्। पक्राउ परेका व्यक्तिको पहिचान थौबल जिल्लाको याइरीपोक लीरोंगथेल माखा लीकाई निवासी खुमानथेम नाओचा (३३ वर्ष) का रूपमा गरिएको छ। अर्कोतर्फ सुरक्षा बलहरूले बिष्णुपुर जिल्लाको बिष्णुपुर थाना क्षेत्रअन्तर्गत बिष्णुपुर वार्ड नम्बर ६ बाट केसीपी (पीडब्ल्यूजी) का सक्रिय कार्यकर्ता मोइरंगथेम मोहन सिंह उर्फ परी (४२ वर्ष) लाई पक्राउ गरेका छन्। उनको साथबाट एक एसएम कार्बाइन र एक म्यागजिन, दुईवटा एके सिरिज म्यागजिन, २४ राउन्ड एके सिरिज कारतूस, एक छद्म टी–शर्ट, एक मोबाइल फोन र दुई सिम कार्ड बरामद गरिएको छ।
यसरी नै सुरक्षा बलहरूले बिष्णुपुर जिल्लाको मोइरांग थाना क्षेत्रअन्तर्गत ओम्बा हिल क्रसिङ इलाकाबाट केसीपी (ताइबांगनबा) का एक सक्रिय कार्यकर्ता पक्राउ गरेका छन्। पक्राउ परेका व्यक्ति बिष्णुपुर जिल्लाको चाँदपुर मयाई लीकाई निवासी हेइसनम सनाथोई मैतेई उर्फ नानाओ (३६ वर्ष) हुन्। उनी मोइराङ क्षेत्रमा सर्वसाधारणबाट जबरजस्ती रकम असुलीमा संलग्न रहेको खुलेको छ। उनको साथबाट एक मोबाइल फोन र एउटा दुईचक्के सवारीसाधन बरामद गरिएको छ।अर्को छुट्टै अभियानमा सुरक्षा बलहरूले इम्फाल पश्चिम जिल्लाको पटसोई थाना क्षेत्रअन्तर्गत खोंगाखुल र लोंगा कोइरेंग गाउँहरूलाई जोड्ने नगैरंगबाम लौकोन सडकबाट ठूलो परिमाणमा हतियार र गोलीबारुद बरामद गरेका छन्। बरामद वस्तुहरूमा एक .303 राइफल म्यागजिनसहित, एक संशोधित .303 राइफल म्यागजिनसहित, पाँच पेस्तोल प्रत्येकसँग म्यागजिन, पाँच हेल्मेट, चार बीपी वेस्ट र म्यागजिन पाउच, आठ बीपी प्लेट (जसलाई बुलेटप्रूफ प्लेट भएको अनुमान गरिएको), एक बाओफेंग ह्यान्डहेल्ड सेट चार्जरसहित, १० जोडी क्यामोफ्लाज पाइन्ट र शर्ट, र चारवटा ब्याग समावेश छन्।यसबीच, सुरक्षा बलहरूले विभिन्न जिल्लाका सीमावर्ती र संवेदनशील क्षेत्रमा निरन्तर खोजतलास तथा क्षेत्र नियन्त्रण अभियान जारी राखेका छन्। यी अभियानका क्रममा थप हतियार र गोलीबारुद बरामद भएका छन्। मणिपुरका पहाडी र उपत्यकाका विभिन्न जिल्लाहरूमा हालसम्म ११५ वटा नाका/चेकपोइन्टहरू स्थापना गरिएको छ, यद्यपि अहिलेसम्म कसैलाई पनि हिरासतमा लिइएको छैन।
हिन्दुस्थान समाचार / भवानी थामी