कोलकाता, 12 अक्टोबर (हि.स.)। पश्चिम बंगालको दुर्गापुरमा ओडिशाकी मेडिकल छात्रासित भएको सामूहिक दुष्कर्म मामिलामा पुलिसले तीन आरोपीलाई पक्राउ गरेको छ भने एक अन्य संदिग्धलाई हिरासतमा लिएको छ। पुलिसले साक्ष्य जुटाउनका लागि आरोपीहरूको मोबाइल फोन जफत गरेको छ। पीड़िताको अस्पतालमा उपचार भइऱहेको छ र उसको स्थिति अहिले स्थिर बताइएको छ।
पुलिस अधिकारीहरू अनुसार, पक्रा परेका तीनै आरोपीसित सोधपुछ गरिँदैछ। मोबाइल फोनको कल डिटेल्स र टावर लोकेशनको आधारमा आऱोपीहरूसम्म पुगियो। पुलिसले घटनास्थल-परनागंज कालीबाड़ी शमशान घाट निकट स्थित जंगललाई घेरेर तलाशी अभियान चलायो। वरपरका गाउँहरूमा पनि सघन जाँच जारी छ र ड्रोनको मद्दतले जंगलहरूमा तलाशी लिँदैछ।
सूत्रहरू अनुसार, ओडिशाको जलेश्वर निवासी यी छात्रा दुर्गापुरको एक निजी मेडिकल कलेजमा द्विती वर्षकी छात्रा हुन्। शुक्रवार रति आफ्ना एक साथीको साथ खाना खान कलेज क्याम्पस बाहिर गएकी थिइ। सोही अवधि केही युवकहरूले उसको अपहरण गरी सामूहिक दुष्कर्म गरे।
घटनाको जानकारी पाउनसाथ पीड़िताका आमा-बाबू ओडिशादेखि दुर्गापुर पुगे औं न्यू टाउनशिप थानामा प्राथमिकी दर्ता गराए। पीड़िताको उपचार त्यही निजी मेडिकल कलेज एवं अस्पतालमा भइरहेको छ, जहाँ उ पढ्छिन्। डाक्टरहरू अनुसार, उसको अवस्थामा सुधार भएको छ।
पुलिस अनुसार, पीड़िताको बयान दर्ता गरिएको छ र जाँच जारी छ। जाँचकर्ताहरूको भनाई छ, यस जघन्य अपराधमा थप केही मानिसहरू सामेल हुनसक्छन्। के आऱोपीहरूले पीड़िता वा उसको साथीलाई चिन्थे, यसबारे पनि पुलिसले जाँच गरिरहेको छ।
पुलिसका एक अधिकारी अनुसार, आरोपीहरूले घटनामा पीड़िताको मोबाइलबाट एक अन्य आरोपीलाई फोन गरेका थिए, जसबाट पुलिसलाई सबैको मोबाइल नम्बरबारे थाहा लाग्यो।
यसबीच पीडिताका बाबूले राज्य सरकारसित सख्त कारबाहीको माग गरेका छन्। उनले भने, म राज्य सरकारसित अनुरोध गर्छु कि दोषीहरूलाई कठोर सजाय दिया जाओस् ताकि राज्यका छोरीहरूले आफूलाई सुरक्षित महसूस गरोस्। जुन साथी उसित गएको थियो, उपनि यस घटनामा सामेल हुनसक्ने मलाई शंका छ। पुलिसले सबै आऱोपीहरूलाई यथाशीघ्र पक्राउ गर्नुपर्छ।
पीड़िताका बाबूले ओडिशाका मुख्यमन्त्री मोहन चरण माझीसित पनि उनकी छोरीलाई तुरन्तै बंगालबाट सुरक्षित तरीकाले ओडिशा लगिने अनुरोध गरेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी