कोलकाता, 12 अक्टोबर (हि.स.)। पश्चिम बंगालको दुर्गापुरमा ओडिशाकी मेडिकल छात्रासित भएको सामूहिक दुष्कर्म मामिलामा मुख्यमन्त्री ममता ब्यानर्जीले अनौठो बयान दिएकी छऩ्। महिलाहरूको सुरक्षाको निम्ति प्रशासन चौकस हुनका सट्टा उनले अन्य राज्यहरूबाट बंगाल आएका केटीहरूलाई रातको समय बाहिर नजाने सुझाउ दिएकी छन्। उनले भनिन्, होस्टलमा बस्ने छात्राहरू खासगरी राज्य बाहिरबाट आउने केटीहरू राति बाहिर जानु हुँदैन र होस्टलको नियमहरूको पालन गर्नुपर्छ। विपक्षी दलहरूले यसमा प्रश्न तेर्साउनु शुरू गरेका छन्।
ममता ब्यानर्जीले आइतवार कोलकाता हवाई अड्डामा मीडियासित कुराकानी गर्दै भनिन्, यो एक छक्क पार्ने घटना हो। हाम्रो सरकारले यस्ता अपराधहरूप्रति शून्य सहिष्णुता अपनाएको छ। तीन आऱोपी पक्रा परिसकेका छन् र बाकीलाई खोज्नु जारी छ। कसैलाई क्षमा गरिनेछैन। तर यसका साथै उनले यो पनि भनिन्, जो छात्राहरू होस्टलमा बस्छन्, खासगरी जो बंगाल बाहिरबाट पढ्न आएका छन्, उनीहरूले होस्टलको नियमहरूको पालन गर्नुपर्छ। अबेर राति बाहिर निस्किनु हुँदैन, चाहे उनीहरूलाई कतै जाने मौलिक अधिकार किन नहोस्।
मुख्यमन्त्रीको यो बयान आउनसाथ धेरै सामाजिक संगठनहरू र विपक्षी दलहरूले यसलाई ‘पीड़ितालाई दोष दिने मानसिकता’ बताए। उनीहरूको भऩाई छ, मुख्यमन्त्रीले यो बताउनुपर्छ कि राज्य सरकारले महिलाहरूको सुरक्षाको निम्ति कस्तो कदम उठाइऱहेको छ, केटीहरू कहिले र कहाँ जानुपर्छ, यो सम्झाउने आवश्यकता छैन।
एक महिला अधिकार कार्यकर्ताले भनिन्, यदि एउटी केटी राति बाहिर जान्छिन् भने यसको अर्थ यो होइन कि कसैले उसको साथ अपराध गर्ने अधिकार पाएको छ। बरू मुख्यमन्त्रीले यो भन्नुपर्थ्यो कि राज्यका हरेक केटी हरेक समय सुरक्षित छिन्, उनीहरूलाई रोकिने सुझाउ दिनु होइन।
विपक्षी दलहरूले पनि मुख्यमन्त्रीको बयानमा तीखो प्रतिक्रिया दिएका छन्। भाजपा नेता राहुल सिन्हाले आरोप लगाए, ममता ब्यानर्जीको सरकार महिलाहरूको सुरक्षा सुनिश्चित गर्नमा विफल रहेको छ। राज्यमा लगातार बढ़िरहेको अपराधमाथि लगाम कस्नका सट्टा मुख्यमन्त्रीले पीड़िताहरूलाई नै जिम्मेवार ठहर गरिरहेकी छन्।
ममता ब्यानर्जीले यो पनि भनिन्, जुन निजी मेडिकल कलेजमा छात्रा पढ्थिन्, क्याम्पस र वरपरका क्षेत्रहरूमा पर्याप्त सुरक्षा व्यवस्था सुनिश्चित गर्ने उसको पनि जिम्मेवारी हो। निजी कलेजहरूले आफ्नो छात्राहरूको सुरक्षालाई प्राथमिकता दिनुपर्छ।
दुर्गापुरको यो घटना शुक्रवार रातिको हो, जब ओडिशाको बालेश्वर जिल्लाको जलेश्वर निवासी एक मेडिकल छात्रा आफ्नो साथीको साथ खाना खान कलेज बाहिर गएकी थिइ। सोही अवधि आरोपीहरूले उसको अपहरण गरी दुष्कर्म गरे।
हिन्दुस्थान समाचार / भवानी थामी