नयाँ दिल्ली, 12 अक्टोबर (हि.स.)। जम्मू–कश्मीरबाट राज्यसभा निर्वाचनका लागि भारतीय जनता पार्टी (भाजपा) ले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ। आइतबार सार्वजनिक सूचीमा तीन जनाको नाम समावेश गरिएको छ, जसमा गुलाम मोहम्मद मीर, राकेश महाजन र शत शर्मा सामेल छन्।
शत शर्मा हाल जम्मू–कश्मीरमा भाजपा राज्य इकाईका प्रमुख हुन्। उनी तेस्रो अधिसूचनाअन्तर्गत राज्यसभाको चुनाव लड्नेछन्, जहाँ भाजपा सत्तारूढ नेशनल कान्फ्रेंस–कांग्रेस गठबन्धनको तुलनामा संख्यात्मक रूपमा अगाडि छ। जुन सिटबाट शर्मा चुनाव लड्नेछन्, त्यसमा भाजपासँग २८ मत छन् भने नेशनल कान्फ्रेंस–कांग्रेस गठबन्धन सँग २४ मत छन्।
यी सिटहरूमा मतदान आगामी २४ अक्टोबरमा हुनेछ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी