गुवाहाटी, 15 अक्टोबर (हि.स.)। प्रसिद्ध गायक जुबिन गर्गको मृत्युसित सम्बन्धित मामिलामा अदालतले आज पाँचैजना आरोपीहरूलाई 14 दिनको हिरासतमा पठाउने आदेश दिएको छ। यी आरोपीहरूमा नर्थईस्ट इण्डिया फेस्टिभलका आयोजक श्यामकानु महन्त, जुबिनका म्यानेजर सिद्धार्थ शर्मा, उनको काकाको छोरा सन्दीपन गर्ग औ निजी अंगरक्षक नन्देश्वर बोरा र परेश बैश्य सामेल छन्।
वरिष्ठ अधिवक्ता प्रदीप कोँवरले मीडिया समक्ष भने, अहिलेसम्म कुनै पनि आरोपीले जमानतको निम्ति आवेदन गरेको छैन। श्यामकानु महन्त, सिद्धार्थ शर्मा र अन्य तीन आरोपीहरूलाई बाक्सा जिल्लाको निकासी जेलमा स्थानान्तरण गरिएको छ।
अधिवक्ता कोँवरले यो पनि बताए, प्रवर्तन निदेशालय (ईडी)-ले अहिलेसम्ममा श्यामकानु महन्तको हिरासतको माग गरेको छैन। आरोपीहरूलाई राज्य बाहिर सुरक्षा कारणहरूले स्थानान्तरण गर्ने निर्णय जाँच एजेन्सीहरूको अनुरोधमा अदालतद्वारा लिइएको हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा