कोलकाता, 15 अक्टोबर (हि.स.)। पश्चिम बंगालका मुख्य निर्वाचन अधिकारीको कार्यालयले विशेष गहन पुनरीक्षण (एसआईआर) अन्तर्गत बूथ म्यापिंग प्रक्रियालाई तीव्रता दिएको छ। झाड़ग्राम, पश्चिम मेदिनीपुर औ अलिपुरद्वार जिल्लाको डेटा पहिला नै चुनाउ आयोगको वेबसाइटमा अपलोड गरिएको छ। सो जानकारी एकजना वरिष्ठ अधिकारीले बुधवार बिहान दिएका हुन्।
अधिकारी अनुसार पश्चिम मेदिनीपुर जिल्लामा बूथ म्यापिंग 62.94 प्रतिशत पूरा भइसकेको छ भने, झाड़ग्राममा 51.36 प्रतिशत औ अलिपुरद्वारमा 53.73 प्रतिशत कार्य पूरा गरिसकिएको छ। यी तीन वटा जिल्लाहरू बाहेक अन्य जिल्लाहरूमा पनि बूथ म्यापिंगको काम द्रूत गतिमा अगाड़ि बढ़िरहेको छ।
पूरुलियामा अहिलेसम्ममा 61.29 प्रतिशत, कालेबङमा 64.27 प्रतिशत, मालदामा 54.49 प्रतिशत एवं कोलकाता उत्तरमा 55.35 प्रतिशत काम पूरा भइसकेको छ। उत्तर 24 परगनामा यो प्रक्रिया 45 प्रतिशतसम्म पुगेको छ भने दक्षिण 24 परगनामा यो 50-55 प्रतिशतबीच पुगेको छ।
अधिकारीले अझ बताए, यो आँकड़ा वर्ष 2002-को एसआईआर मानकको आधारमा तयार गरिँदैछ। जुन जिल्लाहरूको डेटा अपलोड गरिसकिएको छ त्यहाँका मतदाताहरूले अब आफ्नो ईपीआईसी नम्बरको माध्यमबाट अनलाइन आफ्नो विवरणको जाँच गर्न सक्नेछन्।
उनले बताए, यो म्यापिंग कार्य दिवाली अवकाशपूर्व द्रूत गतिमा गरिएको छ जुन आगामी 18 अक्टोबरदेखि शुरू भइरहेको छ। सबै जिल्ला मेजिस्ट्रेट जो जिल्लाका निर्वाचन अधिकारी पनि हुन्,-लाई प्रक्रिया चाँड़ै पूरा गर्ने निर्देश दिइएको छ। उनले बताए, यस कार्यको लागि पहिला 15 अक्टोबरसम्म आन्तरिक समय-सीमा तय गरिएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा