भोपाल, 15 अक्टोबर (हि.स.)। भारतका पूर्व राष्ट्रपति, मिसाइल म्यान औ महान वैज्ञानिक डाक्टर एपीजे अब्दुल कलामको आज अर्थात बुधवार (15 अक्टोबर)-मा जन्म जयन्ती हो। डा. एपीजे अब्दुल कलामको जयन्तीलाई विश्व छात्र दिवसको रूपमा मनाइन्छ। देश तथा दुनियाँमा उनका करोड़ौं प्रशंसकहरूले उनलाई स्मरण गर्दै श्रद्धाञजली अर्पण गरिरहेका छन्। यस अवसरमा मध्य प्रदेशका मुख्यमन्त्री डा. मोहन यादवले उनलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरे।
मुख्यमन्त्री डाा. यादवले सोशल मीडिया एक्समा पोस्ट गरी आफ्नो सन्देशमा भने, महान वैज्ञानिक, पूर्व राष्ट्रपति, भारत रत्नद्वारा सम्मानित, 'मिसाइल म्यान' डा. एपीजे अब्दुल कलामजीको जयन्तीमा कोटी-कोटी नमन गर्दछु। उनले भारतलाई आत्मनिर्भर तथा सशक्त बनाउने सपना देखे अनि यस संकल्पलाई सिद्ध गर्नका लागि सम्पूर्ण जीवन नै समर्पित गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा