गुवाहाटी, 15 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले लोकसभा सांसद कृपानाथ मल्लाहलाई जन्मदिनको हार्दिक शुभकामना दिए।
मुख्यमन्त्रीले भने, मल्लाह एक जना धरातलसित जोड़िएका नेता हुन् जो श्रीभूमिको हरेक नागरिकसम्म विकास पुऱ्याउने मिशनमा दृढ़्तापूर्वक कार्यरत् छन्। उनले माँ कामाख्या तथा महापुरूष श्रीमन्त शंकरदेवसित उनको दीर्घायु एवं स्वास्थ्य जीवनको प्रार्थना गरे।
करिमगञ्ज जिल्ला (वर्तमानमा श्रीभूमि जिल्ला)- को विद्यानगर गाउँ (विद्यानगर चिया बगान) निवासी मल्लाहकोजन्म 15 अक्टोबर, 1973-माभएकोथियो। उनले 1997- सालमा असम विश्वविद्यालयको करिमगञ्ज कलेजबाट विज्ञान स्नातकको उपाधि प्राप्त गरे। उनले आफ्नो राजनीतिक यात्रा पञ्चायत चुनाउमा भाग लिएर शुरू गरे। उनी शुरूमा पञ्चायत अध्यक्ष बने, त्यसपछि विधायक, लोकसभा अनि संसदका सदस्य भए। यो निर्वाचन क्षेत्र अनुसूचित जातिको लागि आरक्षित छ र उनी यस निर्वाचन क्षेत्रबाट सांसद बन्नुको एउटा प्रमुख कारण पनि यहीँ हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा