काजीरंगा राष्ट्रिय उद्याना भिड़न्त, मारिए हतियारधारी शिकारी
काजीरंगा राष्ट्रिय उद्याना भिड़न्त, मारिए हतियारधारी शिकारी


गोलाघाट (असम), 15 अक्टोबर (हि.स.)। असमको काजीरंगा राष्ट्रिय उद्यानमा वन विभाग र हतियारधारी शिकारीहरूमाझ भएको भीड़न्तमा अवैध शिकारी मारिएको छ। यस अवधि घटनास्थलबाट एउटा संदिग्ध .303 राइफल र एउटा ह्याण्डब्याग जफत गरिएको छ।

काजीरंगा राष्ट्रिय उद्यानमा हतियारधारी शिकारीहरूको गतिविधि भइरहेको गोप्य जानकारी पाए लगत्तै कारबाही गर्दै सबै शिकार विरोधी क्याम्पहरूलाई हाई अलर्ट पठाइयो। टीमहरूलाई पार्कको जाँच गर्ने अनि बाहिर निक्लिने सबै बाटोहरूलाई सुरक्षित बनाउने निर्देश दिइयो।

बुढ़ापहाड़ रेञ्जको पेट्रोलिंग टीमले बुधवार बिहान लगभग 2.50 बजे मैते टापु नजिक एक संदिग्ध प्रकाश देख्यो। जाँच गर्दा हतियारधारी शिकारीहरूको गतिविधि गरिरहेको टीमलाई थाहा लाग्यो। त्यसपछि शिकारीहरूलाई रोकिने र आफ्नो पहिचान बताउन भनियो, तर उनीहरूले पेट्रोलिंग टीममाथि गोली चलाउन शुरू गरे। जवाफमा टीमले कन्ट्रोल्ड फायरिंग गऱ्यो। स्थिति कन्ट्रोलमा आएपछि हेडक्वार्टरबाट थप कर्मचारीहरू आएर जाँचमा जुटे।

अपरेशनको क्रममा अधिकारीहरूले पुष्टि गरे, एक अनजान अवध शिकारी मारिएको छ। मारिएका अवैध शिकारीलाई अन्य साथीहरूलाई सात्नको लागि खोजी अभियानलाई तीव्रता दिइएको छ। घटनास्थलबाट जफत गरिएका सामानहरूमा एउटा संदिग्ध .303 राइफल र एउटा ह्याण्डब्याग सामेल छ। उद्यानका अधिकारीहरूले जंगली जनावरहरूको सुरक्षाको निम्ति आफ्नो वाचालाई पुनः दोहोऱ्याएका छन्। उनीहरूले शिकारको गतिविधिविरद्ध सतर्कता अप्नाउने अपील गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande