दुर्गापुर दुष्कर्म मामिलाका पाँचै आरोपीहरूको डीएनए टेस्ट पूर्ण, रिपोर्टको प्रतीक्षा
दुर्गापुर दुष्कर्म मामिलाका पाँचै आरोपीहरूको डीएनए टेस्ट पूर्ण, रिपोर्टको प्रतीक्षा


कोलकाता, 15 अक्टोबर (हि.स.)। पश्चिम बंगालकोदुर्गापुर मेडिकल कलेजकी छात्रासित भएको सामूहिक दुष्कर्म मामिलामा पक्रा पर्ने पाँचै आरोपीहरूको डीएनए परीक्षण पूरा भएको छ। अब रिपोर्ट आएपछि अग्रिम कारबाही गरिनेछ।

पुलिस जाँच टीममा सामेल एकजना अधिकारीले बुधवार अपरान्ह बताए,जाँचकोदिशालाईस्पष्टपार्ना डीएनए रिपोर्टको भूमिका महत्वपूर्ण छ। जाँचकर्ताहरूको मान्यता छ, रिपोर्ट आएपछि नै यो स्पष्ट हुनेछ कि घटनामा कसको प्रत्यक्ष भूमिका थियो।

स्मरण गराइन्छ,गत शुक्रवार राती8 बजेआफ्ना साथीहरूसित मेडिकल कलेज बाहिर निक्लेकी छात्रासित उसको साथी सहित अन्य पाँचजना युवकहरूले सामूहिक दुष्कर्म गरे। यस मामिलामा अहिलेसम्ममापाँचजना युवकहरूलई पक्राउ गरिसकिएको छ भने यिनीहरू सबैको डीएनए टेस्ट पनि पूरा भइसकेको छ।

पुलिस कमिश्नर सुनिल कुमार चौधरीले बताए, मामिलाको जाँच द्रूत गतिमा अगाड़ि बढ़िरहेको छ। अपराधीहरूलाई कुनै पनि अवस्थामा छोड़िनेछैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande