दार्जिलिङ, 15 अक्टूबर (हि.स.)। दार्जिलिङ गोर्खा समाज युएईको पाँचौं स्थापना दिवस कार्यक्रम आज भव्य रुपमा सम्पन्न भयो। संयुक्त अरब इमिरेट्समा लामो समयदेखि सेवारत दार्जिलिङ पहाडी क्षेत्रका युवा र युवतीहरुको हितमा गठित दार्जिलिङ गोर्खा समाज युएईको आयोजनामा दशैं तिहारको अवसरमा रमाइलो कार्यक्रम भव्य रुपमा सम्पन्न भयो।
दुबईको प्रसिद्ध स्थान बर दुबईको लुम्बिनी रेस्टुरेन्टमा सम्पन्न यस सांस्कृतिक कार्यक्रममा जातीय पहिचान झल्कने गरी जातीय पहिरनमा सजिएका युवा युवतीहरुको जमघटमा केक काटेर वर्षगाँठ पालन गरियो। प्रणय लिम्बू सभापति, रेवती थापा उप सभापति, सेविका प्रधान सचिव, कोषाध्यक्षा बिनिता गुरुङ र प्रिती गुरूङको सक्रिय सहभागिता रहेको यस कार्यक्रममा गीत, संगीत र नृत्य पनि प्रस्तुत गरिएको थियो।
सन् 2021 सालमा स्थापित यस गोर्खा समाज युएईले दार्जिलिङ पहाडी क्षेत्र तराई क्षेत्रवासीको हितमा उल्लेखनीय योगदान गर्दै आएको छ। युएईमा कार्यरत तीनधारेका विशाल शर्माले बताए अनुसार, रोगीहरूको उपचार हेतु आर्थिक सहयोग र सदस्यहरूको घर परिवारमा दुःख कष्टको समयमा आर्थिक सहयोग प्रदान गरिरहेको छ।
हिन्दुस्थान समाचार / हनोक