कोलकाता, 15 अक्टोबर (हि.स.)। दुर्गापुर मेडिकल कलेजकी छात्रासित भएको सामूहिक दुष्कर्म मामिलामा पुलिसले अब पीड़िताका पुरुष मित्र वासिफ़ अलीलाई पनि पक्राउ गरेको छ। मेडिकल कलेजको दोस्रो वर्षका छात्र वासिफको उमेर 23 वर्ष रहेको बताइएको छ।
पुलिस सूत्र अनुसार घटना घटेको राती शुक्रवार 9 बजेपछि वासिफले पीड़ितालाई कलेज क्याम्पसदेखि लगभग एक किलोमीटर टाड़ा जंगल भएको ठाउँमा लगेको थियो। पुलिसले गत शनिवार भोर बिहान त्यसबेला हिरासतमा लियो जतिबेला उ घाइते छात्रालाई कलेजको इमरजेन्सी वार्डमा लिएर पुग्यो।
दुर्गापुरका उपायुक्त अभिषेक गुप्ताले बताए, वासिफका कतिपय बयानहरू वास्तविक तथ्यसित मिलिरहेको छैन। विशेष मंगलवार भएको अपराध स्थलको पुनर्निर्माणपछि। पीड़िताका पिताले आफ्नो सिकायतमा पाँचजना मानिसहरूको नाम दर्ता गराएका थिए, तर पुलिसले छैटौंलाई पक्राउ गरेको पुष्टि गरेको छ।
यसबीच आसनसोल दुर्गापुर पुलिस आयुक्त सुनिल चौधरीले गए मंगलवार अबेर साँझ प्रेस कन्फ्रेन्समा भने, यो मामिला सामूहिक दुष्कर्मको होइन, अपराध एकजना मात्र व्यक्तिले गरेको छ। चौधरी अनुसार मेडिकल जाँचको रिपोर्टमा सामूहिक दुष्कर्मको पुष्टि भएको छैन। पुलिसले आज वासिफको कपड़ा पनि जफत गरेको छ।
यद्यपि पुलिसले पक्रा पर्ने पाँचजना युवकहरूलाई अदालतमा पेश गरी साामूहिक दुष्कर्म तथा समान उदेश्यले अपराध गरेको धारा (भारतीय न्याय संहिताको धारा 70 (1) औ 3(5)) अन्तर्गत रिमाण्डमा पठाइदिएको छ। पुलिसको भनाइ छ, अपराध स्थलको पुनर्निर्माण अवधि यी पाँचैजनाको उपस्थिति स्थापित भयो अनि पीड़िताको मोबाइल फोन पनि यिनीहरूमध्ये एकजना अरोपीबाट जफत गरिएको छ।
पुलिस आयुक्तले भने, हामीले पाँचै आरोपीहरूलाई पक्राउ गरेका छौं। पीड़िताको मित्रको भूमिका अहिले जाँचको घेराभित्र छ। उसित बारम्बार जाँचबुझ गरिँदैछ। उसको कतिपय बयान जाँचको घेराभित्र छ। चौधरीले यस मामिलालाई केन्द्रिय जाँच ब्यूरोलाई सुम्पिने कुनै पनि सम्भावनालाई अस्वीकार गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा