जलपाइगढी, 15 अक्टोबर (हि. स.)। एक अनियन्त्रित मालवाहक डम्पर रेलिंग भत्काएर झुण्डियो। घटनामा चालक भाग्यले बचे। घटनापछि सम्पूर्ण क्षेत्रमा भय व्याप्त भएको छ।
स्थानीय सूत्र अनुसार बुधवार मालवाहक डम्पर चालसादेखि मालबजार तर्फ राष्ट्रिय राजमार्ग भएर गइरहेको थियो। यसै क्रममा अचानक डम्पर अनियन्त्रित भएर कुर्ती पुलको रेलिंग भत्काएर तल झुण्डियो। यस्तै अवस्थामा डम्पर लामो समयसम्म तल झुण्डिरह्यो। यसबीच खबर पाउनसाथ घटनास्थलमा मानिसहरूको भीड़ एकत्र भयो। पछि बड़ो कठिनाईले चालकलाई बाहिर निकालियो। तथापि घटनामा चालकको ज्यान भाग्यले बच्यो। खबर पाउनसाथ मेटेली थानाको पुलिस घटनास्थलमा पुग्यो भनि कड़ा संघर्ष गरेर डम्परलाई आफ्नो कब्जामा लियो।
मटियाली पञ्चायत समितिका सदस्य अर्जुन मिझारले बताए, राती राष्ट्रिय राजमार्गमा डम्परहरू प्रायजसो नै द्रूत गतिमा चल्ने गरेको कारणले दुर्घटनाहरू भइरहन्छ। प्रशासनसित यस सम्बन्धमा कारबाही गर्ने माग गरिएको भए पनि अहिलेसम्म कुनै कारबाही भएको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा