मेदिनीपुर, 15 अक्टोबर (हि.स.)। खेजुरीका भाजपा विधायक डा. शान्तनु प्रमाणिकले गए मंगलवार केशियाड़ीस्थित सरस्वती शिशु मन्दिरको दौड़ाह गरे। यस अवसरमा उनले विद्यालय परिसरको निरीक्षण गर्नका साथै शिक्षक एवं विद्यार्थीहरूसित आत्मीय सम्वाद गरे।
विधायकले बताए, उनका दुईजना नानीहरू एगरा सरस्वती शिशु मन्दिरमा अध्ययनरत् छन् र यो दौड़ाह पूर्णतः सौजन् भेटको रूपमा गरिएको हो। उनले भने, “एकातिर बंगालका अनेकौं निजी विद्यालयहरूमा शिक्षाको निम्ति अत्यधिक शुल्क भुक्तान गर्नुपर्छ भने अर्कोतिर सरस्वती शिशु मन्दिर जस्तो संस्थानमा कम खर्चमा मूल्यनिष्ठ, संस्कारप्रधान तथा सामाजिक समरसताले युक्त शिक्षा प्रदान गर्दछ। यहाँ बाल-बालिकाहरूलाई पाठ्य ज्ञान मात्र नभएर नैतिकता,करर्तव्य एवं संस्कृतिलाई पनि समावेश गराइन्छ।”
डा. प्रमाणिकले विद्यालयका आचार्योंसित शिक्षण पद्धति, छात्र गतिविधि तथा विद्यालय संचालन सम्बन्धि जानकारी लिए। उनले भने, विद्यालयको वातावरण अत्यन्त प्रेरणादायक छ। साथै यो संस्थाले बाल-बालिकाहरूमा कर्तव्यपरायणता, अनुशासन औ राष्ट्रभावनाको विकास पनि गरिरहेको छ।
विद्यालयका आचार्य दुलाल दासले बताए, विद्यालयमा समय-समयमा विभिन्न शैक्षणिक, सांस्कृतिक औ सामाजिक कार्यक्रम आयोजना गरिन्छ। हालमा यहोँ राष्ट्रिय स्वयंसेवक संघद्वारा एक प्राथमिक प्रशिक्षण वर्ग (शिविर) पनि सम्पन्न गरिएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा