मुख्यमन्त्री ममता ब्यानर्जीले दार्जिलिङ र कालेबुङ जिल्लालाई लिएर गरिन् प्रशासनिक बैठक
Mamta Banerjee


यो प्राकृतिक आपदाको समयमा राज्य सरकार जनताको साथमा खडा छ: ममता ब्यानर्जी

दार्जिलिङ, 15 अक्टोबर (हि.स.)। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले आज दार्जिलिङमा दार्जिलिङ र कालेबुङ जिल्लालाई लिएर प्रशासनिक बैठक गरिन्। मंगलबार बिहान खरसाङबाट मिरिक हुँदै सुखे पोखरी भएर दार्जिलिङ पुगेकी मुख्यमन्त्री ममता ब्यानर्जीले आज गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सचिवालय लालकोठीमा‌ दार्जिलिङ र कालेबुङ जिल्लाका प्रशासनिक अधिकारीहरुसित प्रशासनिक बैठक गरेकी छन्।

यसावधि उनले दार्जिलिङ जिल्ला अन्तर्गत दार्जिलिङ, खरसाङ, मिरिक, बिजनबारी र कालेबुङ जिल्लाको‌ विभिन्न रिपोर्टहरु मागिन्।‌ उनले दुवै जिल्लामा भएको प्राकृतिक प्रकोपकले गरेको क्षय क्षतिको रिपोर्ट लिएका थिए। बैठकमा जीटीए‌ प्रमुख अनित थापा, मन्त्री अरुप विश्वास, मेयर गौतम देव, दार्जिलिङ र कालेबुङ जिल्लाका जिल्ला शासकहरु, जिल्ला पुलिस अधिकारीहरु र विभिन्न प्रशासनिक अधिकारीहरु उपस्थित रहेका थिए।‌

मुख्यमन्त्री ब्यानर्जीले विभिन्न अधिकारीहरुसित विभिन्न विषयहरुमा छलफल गरिन्। उनले आफ्नो सम्बोधनमा यो प्राकृतिक आपदाको समयमा सरकार उत्तर बंगालको जनताको साथमा खडा रहेको र हर सम्भव सहयोग गरिरहेको बताइन्। उनले आपदामा परेर मृत्यु भएका मृतकका परिवारलाई 5 लाख रुपियाँको साथमा परिवारको एकजनालाई होम गार्डको नोकरी दिइएको पनि बताइन्।

उनले यस आपदाको समयमा 20 हजार मानिसहरुलाई सुरक्षित‌ स्थानमा सारिएको र पीडितहरुका लागि 37 वटा रिलिफ क्याम्पहरु स्थापना गरिएको र 55 वटा कम्युनिटी किचनहरु शुरु गरेर दैनिक खाद्यान्न वितरण गरिरहेको जानकारी दिइन्। यसका साथै, प्रभावितहरुलाई लुगा फाटाहरु र 5 हजार रिलिफ किट्स वितरण गरिएको पनि उनले बताएकी छन्।‌ मुख्यमन्त्रीले दुधेमा अस्थायी पूल‌ 10-15 दिनमा वैकल्पिक रोडको रुपमा निर्माण गरिने र स्थायी पुलको लागि पनि कार्य भएको बताउँदै चाँडै जनताको लागि यातायात सुचारु गरिने बताइन्।

उनले प्रत्येक खण्डमा 10 लाख रुपियाँ गरेर रिलिफको घोषणा गरेकी छन् भने 16 हजार किट्स वितरण गरिएको जानकारी गराएकी छन्। उनले यस प्राकृतिक प्रकोपमा परेर उत्तर बंगालमा जम्मा 32 जनाले‌ ज्यान गुमाएको बताउँदै यसमा 21 जना दार्जिलिङ जिल्लाको मिरिकमा, 9 जना जलपाइगढ़ी र 2 जना कूचबिहारमा मृत्यु भएको बताइन्। उनले यस आपदाको समयमा मुख्यमन्त्री रिलिफ फ्रन्टको अतिरिक्त डिजास्टर रिलिफ फण्ड खोलिएको पनि बताइन्।

उनले यो आपदाको समयमा केन्द्रबाट कुनै सहयोग राशि प्राप्त नभएको पनि आरोप लगाएकी छन्। यसै बैठकमा मुख्यमन्त्री ममता ब्यानर्जीले प्राकृतिक प्रकोपमा रात दिन खट्ने भोलेन्टियरहरु विशेष गरेर फ्रन्टलाइन भोलेन्टियरहरुलाई सम्मान पत्र प्रदान गरेर सम्मान जनाइन्।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande