बर्दवान मेडिकल कलेजबाट नवजातको चोरीः महिला र उसकी आमा पक्राउ, नवजात सकुशल उद्धार
बर्दवान मेडिकल कलेजबाट नवजातको चोरीः महिला र उसकी आमा पक्राउ, नवजात सकुशल उद्धार


बर्दवान, 15 अक्टोबर (हि. स.)। बर्दवान मेडिकल कलेज एवं अस्पतालबाट नवजात शिशुलाई चोरी गरेको मामिलामा पुलिसले एकजना महिला र उसकी आमालाई पक्राउ गरेको छ। पक्रा पर्ने आमा-छोरीको नाम रिंकी खातून उपनाम रूमकी खातून अनि मनिरा बीबी रहेको छ। दुवैलाई गए मंगलवार राती पक्राउ गरिएको हो।

प्राप्त जानकारी अनुसार मंगलवार बालककी आमा सेलेफा खातून आफ्नो नवजात छोरालाई अस्पतालको आउटडोर चिल्ड्रेन वार्डमा डाक्टरलाई देखाउन गएकी थिइन्। आमा-छोरा दुवै प्रसुति वार्डको बण्डामा बसेका थिए। यसै अवधि एकजना महिला छेउमा आई अनि नानीलाई माया गर्ने बहानामा काखमा राखी। त्यसपछि अचानक महिला नालीलाई लिएर भागी।

घटनापछि नवजातकी आमाले चिच्याएर अस्पताल परिसरमा कोकोहोलो मच्चाइन्। पुलिसले तुरून्तै मामिलाको जाँच शुरू गऱ्यो। मामिलाको खुलासा त्यसबेला भयो जतिबेला स्थानीय मीडियामा नानी चेरेको खबर प्रसारित भयो। त्यसपछि रिंकी खातूनको गाउँका मानिसहरूलाई शंका लाग्यो, किनभने उनीहरूले उसलाई एकजना नानीसित देखेका थिए। छिमेकीहरूले पूर्व बर्दवान जिल्लाको उत्तरपाड़ास्थित रिंकीको भाड़ाको घरमा गएर सोधे।

पुलिसका एकजना वरिष्ठ अधिकारीले बताए, रिंकी खातूनले छिमेकीहरूलाई भ्रमित पार्ने चेष्टा गरी, तर उनीहरूलाई शंका लाग्यो। त्यसपछि उनीहरूले पुलिसलाई सूचना दिए। सूचना पाउनसाथै बर्दवान थानाको पुलिस घटनास्थलमा पुग्यो अनि बालकलाई सकुशल उद्धार गऱ्यो। दुवै महिलालाई नानी चोरीको आरोपमा पक्राउ गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande