- मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले गर्नेछन् प्रागज्योतिषपुर विश्वविद्यालयको स्थापना दिवस समारोहको उद्घाटन
-विश्वविद्यालय औ उच्च शिक्षा संस्थान (एचईएलएस) हरूका कुलपति एवं प्रमुखको बैठक आयोजना हुनेछ
गुवाहाटी, 15 अक्टोबर (हि.स.)। विद्या भारतीको शैक्षिक आदर्शबाट प्रेरित भारतीय मूल्यमाथि आधारित शिक्षाको आठ दशकभन्दा अधिक अनुभवबाट समृद्ध तथा महापुरुष श्रीमन्त शंकरदेवको शिक्षाद्वारा मार्गदर्शित विद्या निकेतनले असममा पछिल्लो लगभग आधा शताब्दिदेखि नै विद्यालय शिक्षालाई नयाँ आयाम दिने प्रयास गरिरहेको छ। नयाँ पिँढ़ीलाई भारतीय ज्ञान परम्पराहरूसित परिचित गराउने तथा देशभक्तिको भावनाबाट ओतप्रोत शिक्षा प्रदान गर्ने उदेश्यले प्रागज्योतिषपुर विश्वविद्यालयको स्थापना 2022 सालमा भएको थियो जुन पूर्णत: राष्ट्रिय शिक्षा नीति (एनईपी 2020) अनुरूप छ।
विश्वविद्यालयले अब आफ्नो प्रेरक यात्राको चौथो वर्षमा प्रवेश गरिरहेको छ। यस अवसरमा प्रागज्योतिषपुर विश्वविद्यालयको स्थापना दिवस आगामी 17 अक्टोबरको दिन गुवाहाटीको चन्द्रपुर, हाजोंगबड़ीस्थित विश्वविद्यालय परिसरमा शंकरदेव शिक्षा एवं अनुसन्धान फाउण्डेशन (एसईआरएफ)- को सहयोगमा मनाइनेछ। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले समारोहको उद्घाटन मुख्य अतिथिको रूपमा गर्नेछन्। विदेश मामिलाकी राज्यमन्त्री पवित्र मार्घेरिटा, शिक्षा मन्त्री असम डा. रणोज पेगु औ राष्ट्रिय स्वयंसेवक संघका राष्ट्रीय कार्यकारिणी सदस्य सुरेश सोनी उपस्थित रहनेछन्।
गुवाहाटीको दिसपुर प्रेस क्लबमा आयोजित एक सम्वाददाता सम्मेलनलाई सम्बोधन गर्दै एसईआरएफका अध्यक्ष लेफ्टिनेन्ट जनरल (सेवानिवृत्त) राणा प्रताप कलिता एवं प्रागज्योतिषपुर विश्वविद्यालयका कुलपति प्रोफेसर स्मृति कुमार सिन्हाले उपरोक्त जानकारी दिए। यस अवसरमा विश्वविद्यालयको तोरण सहित अत्याधुनिक सुविधायुक्त सम्मेलन हल महाबाहु भवन औ चिकित्सा विज्ञान विभाग धनवन्तरि भवनको पनि उद्घाटन गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा