हल्दियामा अटोलाई तेल ट्यांकरले दियो ठक्कर, दुईजनाको घटनास्थलमै मृत्यु, तीनजना गम्भीर रूपमा घाइते
हल्दियामा अटोलाई तेल ट्यांकरले दियो ठक्कर, दुईजनाको घटनास्थलमै मृत्यु, तीनजना गम्भीर रूपमा घाइते


पूर्व मेदिनीपुर, 15 अक्टोबर (हि.स.)। बुधवार बिहान पूर्व मिदनापुर जिल्लाको हल्दियामा भयानक सड़क दुर्घटना भयो। एउटा यात्रीवाहक अटोलाई द्रूत गतिको ट्यांकरले भयानक ठक्कर दियो जसमा दुईजना मानिसहरूको घटनास्थलमै मृत्यु भयो भने अन्य तीनजना गम्भीर रूपमा घाइते भए।

मृतकहरूको पहिचान रञ्जना प्रमाणिक (45) र सुरेश मण्डल (59)- को रूपमा भएको छ। रञ्जना प्रमाणिक हल्दियाको नन्दीग्रामस्थित गांगड़ा क्षेत्रकी थिइन् भने सुरेश मण्डल विष्णु रामचक क्षेत्रका निवासी थिए।

जानकारी अनुसार यो दुर्घटना हल्दियाको रानीचक क्षेत्रमा भएको हो। भनिन्छ, सातजना यात्रीहरूले भरिएको अटो सिटी सेन्टर तर्फ गइरहेको थियो। यसै अवधि उलालपुर दिशाबाट आइरहेको तेल ट्यांकरले अटोलाई अगाड़िबाटै ठक्कर दियो। यस भयानक घटनामा अटो पूर्ण रूपले क्षतिग्रस्त भयो भने दुईजना यात्रीको घटनास्थलमै मृत्यु भयो। घाइते तीनजनालाई गम्भीर अवस्थामा तमलुक जिल्ला अस्पतालमा भर्ती गरिएको छ भने अन्य सामान्य रूपमा घाइते भएका दुईजनालाई प्राथमिक उपचारपछि छुट्टी दिइएको छ।

घटनाको जानकारी पाउनसाथ हल्दिया थाना पुलिस घटनास्थलमा पुग्यो अनि स्थितिलाई नियन्त्रण गऱ्यो। स्थानीय मानिसहरूले बताए, यस क्षेत्रमा लामो समयदेखिक बेपरवाह वाहनहरूको आवागमन बढ़्दै गएको छ। उनीहरूले पुलिस प्रशासनसित यस सड़कमा यातायात नियन्त्रण तथा निगरानी बढ़ाउने माग गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande