रात दखल अभियान : दुर्गापुर सामूहिक दुष्कर्मको विरोधमा सयभन्दा अधिक मानिसहरूले गरे प्रदर्शन
रात दखल अभियान : दुर्गापुर सामूहिक दुष्कर्मको विरोधमा सयभन्दा अधिक मानिसहरूले गरे प्रदर्शन


कोलकाता, 15 अक्टोबर (हि. स.)। आर. जी. कर मेडिकल कलेजमा भएको महिला डाक्टरको बलात्कार अनि हत्या पश्चात गठित मञ्च ‘अभया मञ्च’-सित जोड़िएका सयभन्दा अधिक सामाजिक कार्यकर्ताहरूले गए मंगलवार राती कोलकाताको जादवपुर क्षेत्रमा ‘फेरि रात हाम्रो (रात दखल)’ अभियान अन्तर्गत प्रदर्शन गरे।

यो प्रदर्शन पश्चिम बंगालको दुर्गापुरस्थित एक निजी मेडिकल कलेज नजिक छात्रासित भएको सामूहिक दुष्कर्मको विरोधममा गरिएको हो। प्रदर्शनको आह्वान अभया मञ्चको ‘महिला-ट्रान्स-क्वीयर यूनाइटेड’ शाखाले गरेको थियो।

प्रदर्शनकारीहरूले जादवपुरको प्रसिद्ध 8औं बस स्ट्याण्डमा राती आठ बजे भेला भएर आरोपीहरूलाई कड़ाभन्दा कड़ा सजाय दिनुपर्ने माग गरे। यस अवधि उनीहरूले ‘वी शैल ओभरकम’, ‘इंतज़ार है’ औ ‘आर कबे’ जस्ता गीतहरू गाए। प्रदर्शनकारीहरू हातमा महिलाहरूको सुरक्षाको माग सम्बन्धि लेखिएका ब्यानरहरू पनि बोकेका थिए।

मञ्चमा प्रख्यात शिक्षाविद् पवित्र सरकार सहित केही सामाजिक आन्दोलनसित जोड़िएका नेताहरू उपस्थित थिए। मञ्चकी प्रवक्ता औ लेखिका-कार्यकर्ता सत्वदी दासले भनिन्, पछिल्लो 8 अगस्तमा हामी आर. जी. करकी हाम्री बहिनीसित भएको क्रूर अपराधको विरोधमा रातभरि सड़कमा बसेका थियौं। तर आजसम्म पनि केही फेरिएको छैन। महिलाहरू, डाक्टरहरूसम्म मेडिकल कलेज परिसर बाहिर-भित्र पनि सुरक्षित छैनन्।

प्रदर्शनकारीहरूले मुख्यमन्त्री ममता ब्यनर्जीको त्यस बयानको आलोचना गरे जसमा उनले छात्राहरूलाई अबेर राती बाहिर नजाने सल्लाह दिएकी थिइन्। साथै उनीहरूले यस कुरामाथि रोष व्यक्त गरे, मुख्यमन्त्रीले दुर्गापुरको अस्पतालमा भर्ती पीड़िता र उसका माता-पितासित भेट गरिनन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande