श्रीनगर, 15 अक्टोबर (हि.स.)। आतंकवादी तन्त्रलाई निमिट्यान्न पार्न तथा अवैध गतिविधिहरूमाथि लगाम कस्ने आफ्नो निरन्तर प्रयास अन्तर्गत श्रीनगर पुलिसले बुधवार शहरका कतिपय क्षेत्रहरूमा छापा माऱ्यो। जाँचको सिलसिलामा प्रतिबन्धित आतंकवादी संगठनहरूसित जो़ड़िएका आतंकवादी सहयोगी तथा ओभरग्राउण्ड वर्कर्स (ओजीडब्ल्यू) -का आवासहरूमा खानतलासी गरियो।
पुलिस प्रवक्ताले एक बयानमा भने, अवैध गतिविधि (रोकथाम) अधिनियम (यूएपीए) अन्तर्गत श्रीनगरका विभिन्न क्षेत्रहरूमा खोजी अभियान संंचालन गरियो जसमा आतंकवादसित सम्बन्धित गतिविधिहरूलाई सुविधाजनक बनाउने, सहायता गर्ने तथा प्रोत्साहित गर्ने व्यक्तिहरूलाई लक्षित गरियो। यसमा असरार अहमद बाला, पुत्र रफी बाला, निवासी ओमर कलोनी लाल बाजार, शाहबाज अहमद भट, पुत्र फारूक अहमद भट, निवासी पालपोरा नूरबाग, साजिद मजिद शाह, पुत्र अब्दुल मजिद शाह, निवासी नौपोरा सेकिदाफर, आशिक बशिर नजर, पुत्र बशिर अहमद नजर, निवासी सोइतेंग सामेल छन्।
यस अतिरिक्त उमर आदिल डार, पुत्र गुलाम हसन डार, निवासी सोइतेंग, शब्बीर अहमद गनी, पुत्र गुलाम़ मोहिउद्दीन गनी, निवासी न्यू थीड, एजाज अहमद भट, पुत्र अजिज अहमद भट, निवासी न्यू थीड, मोहम्मद अल्ताफ गनी, पुत्र फैयाज अहमद, निवासी न्यू थीड, फैयाज अहमद गनी, पुत्र मोहम्मद सुल्तान, निवासी न्यू थीड, मंजूर अहमद भट, पुत्र अब्बू अहमद भट, निवासी न्यू थीड र अहसान अहमद भट, उपनाम मुन्ना, पुत्र स्वर्गीय मोहम्मद यूसुफ, निवासी मुगल मोहल्ला रानीवारी वर्तमानमा इन्द्र नगर, श्रीनगरका घरहरूमा छापा मारियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा