दिल्लीमा ग्रीन पटाकामाथि सुप्रीम कोर्टको स्वीकृति, मुख्यमन्त्री रेखा गुप्ताद्वारा आभार व्यक्त
दिल्लीमा ग्रीन पटाकामाथि सुप्रीम कोर्टको स्वीकृति, मुख्यमन्त्री रेखा गुप्ताद्वारा आभार व्यक्त


नयाँ दिल्ली, 15 अक्टोबर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले बुधवार उच्चतम न्यायायप्रति आभार व्यक्त गरिन्। उच्चतम न्यायालयले दिल्ली सरकारको विषेष आग्रहमा दीपावलीको अवसरमा राजधानीमा ग्रीन पटाका प्रयोग गर्ने अनुमति प्रदान गरेको छ।यस फसेलालाई पर्यावरण संरक्षणप्रति सन्तुलित दृष्टिकोण बताउँदै मुख्यमन्त्रीले 'हरित एवं खुशियाली दिल्ली' -को संकल्पलाई दोहोऱ्याइन्।

मुख्यमन्त्री रेखा गुप्ताले बुधवार सोशल मीडिया एक्समा पोस्ट साझा गर्दै लेखिन्, दिल्ली सरकारको विशेष आग्रहमा राजधानीमा ग्रीन पटाका प्रयोग गर्ने अनुमति प्रदान गरेकोमा उच्चतम न्यायालयप्रति आभार।

उनले भनिन्, यो निर्णयले दीपावली जस्तो पर्वमा मानिसहरूको उत्साह अनि भावनालाई सम्मान गर्दछ। साथै पर्यावरणको रक्षाप्रति प्रतिबद्धतालाई पनि दर्शाउँछ। दिल्ली सरकारले स्पष्ट पाऱ्यो, उसले जनभावनाहरूलाई पूर्ण सम्मान गर्नेछ, तर स्वच्छ अनि हरित दिल्लीको संकल्पसित कहिल्यै सम्झौता गर्नेछैन।

मुख्यमन्त्रीले नागरिकहरूसित अपील गरे, यस दीपावलीमा ग्रीन पटाकाहरूको प्रयोग गर्नुहोस् ताकि चाड़-पर्वको रमाइलो कायम रहोस् अनि पर्यावरण सुरक्षित होस्। उनको लक्ष्य हो, सबैले मिलेर उत्सव तथा पर्यावरण संरक्षणको सामञ्जस्य स्थापना गर्ने।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande