इम्फाल, 15 अक्टोबर (हि.स.)। मणिपुरमा उग्रवादीहरूको धर-पकड़सँगसँगै मोटर वाहन अपराधविरूद्ध पुलिस एवं सुरक्षा बलहरूले राज्यभरि नै लगातार अभियान जारी राखेको छ। पछिल्लो 36 घण्टाभित्रमा राज्यका अलग-अलग भागहरूमा संचालित अभियानमा तीनजना उ्ग्रवादीहरूलाई पक्रााउ गरिनको साथै मोटर वाहनसित सम्बन्धित अपराधहरूमा जरीमाना असुल गरिएको छ।
मणिपुर पुलिस मुख्यालयद्वारा आज सोशल मीडियाको माध्यमबाट साझा गरिएको जानकारी अनुसार सुरक्षा बलहरूले यूएनएलएफ (के)- का सक्रिय क्याडर, इम्फाल पश्चिम जिल्लाा निवासी बिक्की सगोलसेम (29)-लाई तेंगनौपाल जिल्लाको मोरेह थानान्तर्गत मुस्लिम बस्तीबाट पक्राउ गरे।
यस्तै अर्को अभियानमा सुरक्षा बलहरूले इम्फाल पश्चिम जिल्लाको लाम्फेल थानान्तर्गत लाम्फेल सुपर मार्केटबाट केसीपी (अपुनबा)- का सक्रिय क्याडर हाओबाम मालेमंगंबा सिंह (25)-लाई पक्राउ गरे। आरोपी जनताबाट बलजफ्ती असुली जस्तो गतिविधिमा सामेल थियो। उबाट एउटा मोबाइल फोन र दुई चक्के वाहनलाई जफत गरिएको छ।
यसरी नै सुरक्षा बलहरूले इम्फाल पूर्व जिल्लाको पोरोमपत थानान्तर्गत टप माखा लेइकाई निवासी केसीपी (पीडब्ल्यूजी) -का सक्रिय क्याडर, वांगखेराकपम रोमियो मैतेई (45) उपनाम बरुनी उपनाम कोबरूलाई उसको घरबाटै पक्राउ गरे। आरोपी उपत्याका क्षेत्रमा बलजफ्ती असुलीमा सामेल थियो। उसको मोबाइल फोनलाई पनि जफत गरिएको छ।
अर्कोतिर मणिपुर पुलिसले मोटर वाहन अपराधहरूमाथि लगाम लगाउनको लागि आफ्नो अभियानलाई जारी राखेको छ। गए मंगलवार पुलिसले मोटर वाहन अपराधीहरूलाई 23 वटा चालान जारी गऱ्यो जसको राशि 54 हजार 5 सय रहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा