भीषण आगलागीमा तीन वटा प्लास्टिक गोदाम जलेर स्वाहा
भीषण आगलागीमा तीन वटा प्लास्टिक गोदाम जलेर स्वाहा


मालदा, 15 अक्टोबर (हि.स.)। कालियाचकको जलालपुर पञ्चायत अन्तर्गत डांगा क्षेत्रमा अवस्थित तीन वटा प्लास्टिकको गोदाम भयानक आगलागीमा जलेर खरानी भएको छ। आगो गए मंगलवार अबेर राती लागेको थियो, तर बुधवार बिहानसम्म आगो बलिरहेको थियो। यस घटनाको कारणले क्षेत्रमा सन्त्राष व्याप्त भएको थियो।

प्राप्त जानकारी अनुसार आगलागी पश्चात स्थानीय मानिसहरूले आगोलाई निभाउने चेष्टा गरे। कालियाचक थानाको पुलिसलाई सूचना दिइयो। चारवटा दमकल घटनास्थलमा पुग्यो अनि घण्टौंसम्म कड़ा संघर्ष गरेर दमकल कर्मीहरूले आगोलाई नियन्त्रण गरे। तथापि त्यसबेलासम्ममा सबै जलेर खरानी भइसकेको थियो। यसबीच आगलागीको कारणले राष्ट्रिय राजमार्ग- 12 मा यातायात पूर्ण रूपले ठप्प भएको थियो। परिणामस्वरूप भयानक जामको स्थिति उत्पन्न भयो।

प्लास्टिक व्यापारी इलियास अलीले भने, आगो लागेको खबर पाउनसाथ घटनास्थलमा पुगेँ। तर आगो लागेको दुई घण्टापछि मात्र दमकल आइपुग्यो। यस भयानक आगोले गोदाममा राखिएको सबै सामानलाई जलाएर खरानी बनाइदिएको छ। एउटै पनि सामान निकाल्न पाइएन। यदि कालियाचकमा एउटा दमकल केन्द्र भएको भए यति धेरै नोक्सान हुने थिएन।

यसरी नै सैफुल आलम नामक स्थानीय निवासीले भने, आगो कसरी लाग्यो भन्ने कुरा स्पष्ट हुन सकेको छैन। दमकल विभागलाई घटनास्थलमा आइपुग्न दुई घण्टा लाग्यो। त्यसैले सबै जलेर नष्ट भयो। यदि कालियाचकमा दमकल केन्द्र भएको भए यति धेरै नेोक्सान हुँदनथ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande