सड़क दुर्घटनामा दुई युवकको मृत्यु
सड़क दुर्घटनामा दुई युवकको मृत्यु


औरैया, 15 अक्टोबर (हि. स.)। उत्तर प्रदेशको औरैया जिल्लामा बिधुना खण्ड अन्तर्गत बेला थाना क्षेत्रमा गए मंगलवार राती भएको एक भयानक दुर्घटनामा मोटरसाइकल सवार दुईजना युवकहरूको मृत्यु भयो। यो दुर्घटना बेला-दिबियापुर मार्गमा नुनारी गाउँ छेउमा भएको हो हजाँ एक अज्ञात वाहनले मोटरसाइकललाई ठक्कर दियो। ठक्करपछि स्थाय मानिसहरूको सहयोगमा दुवै युवकलाई गम्भीर अवस्थामा तत्कालै जिल्ला अस्पताल चिचोलीमा पठाइयो, तर उपचारको क्रममा दुुवैको मृत्यु भयो।

मृतकहरूको पहिचान कन्नौज जिल्लाको थाना इन्दरगढ़ अन्तर्गत महादेव गाउँको पुरवा निवासी अजीत सिंह (36) पुत्र रामविलास औ जितेन्द्र सिंह (35) पुत्र कमलेशको रूपमा भएको छ। भिन्छ, दुवै कुनै कामले मोटरसाइकल मार्फत बेला तर्फ गइरहेका थिए।

सीओ अशोक कुमार सिंहले बताए, अज्ञात वाहनको खोजी कार्य शुरू गरिएको छ। वरपरका सीसीटीभी फुटेजको जाँच गरिँदैछ। परिवारको सिकायतको आधारमा मुद्दा दर्ती गरी अग्रिम कानूनी कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande