दुर्गापुर ग्यांगरेपः पीड़िताका मित्र अदालतमा पेश, कुनै पनि वकिलले उसको पक्षमा वकालती नगर्ने
दुर्गापुर ग्यांगरेपः पीड़िताका मित्र अदालतमा पेश, कुनै पनि वकिलले उसको पक्षमा वकालती नगर्ने


कोलकाता, 15 अक्टोबर (हि.स.)। पश्चिम बंगालमा दुर्गापुर मेडिकल कलेजकी छात्रासित भएको दुष्कर्म मामिलामा पक्रा पर्ने उसको सहपाठी मित्र वासिफ अलीलाई बुधवार अदालतमा पेश गरियो। अर्कोतिर दुर्गापुर बार एसोसिएशनले यस मामिलामा कड़ा कदम उठाउँदै भनेको छ, यस जघन्य अपराधका आरोपीहरूलाई कुनै पनि वकिलले बचाउनेछैन।

बार एसोसिएशनका अध्यक्ष देवव्रत साईंले भने, “निर्णय लिइएको छ कि यस घृणित अपराधमा सामेल कुनै पनि आरोपीको पक्षबाट अदालतमा कुनै पनि वकिल पेश हुने छैन।”

स्मरण गराइन्छ, गत 10 अक्टोबरको रात दुर्गापुरस्थित एक निजी मेडिकल कलेजकी एमबीबीएस द्वितीय वर्षकी छात्रासित दुष्कर्म भएको थियो। कलेजको सीसीटीभी फुटेजमा देखिएको थियो, राती लगभग 8 बजे छात्रा कलेज गेट बाहिर गएकी थिइन् भने राती 9 बजे आफ्नो सहपाठीसित परिसरमा फर्केकी थिइन्।

यस घटनापछि पुलिसले अहिलेसम्ममा छजना आरोपीहरूलाई पक्राउ ग रिसकेको छ। पहिला पाँचजना आरोपीहरूलाई पक्राउ गरिएको थियो भने पीड़िताका मित्रलाई गए मंगलवार राती पक्राउ गरेको छ। आसनसोल-दुर्गापुर पुलिस आयुक्तालयका उपायुक्त (पूर्व) अभिषेक गुप्ताले बताए, गए मंगलवार राती 8 बजे पीड़िताका मित्रलाई पक्राउ गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande