अलिपुरद्वार, 15 अक्टोबर (हि.स.)। अलिपुरद्वारको न्यू अलिपुरद्वार क्षेत्रमा गए मंगलवार अबेर राती एकजना युवकले एकजना महिलामाथि एसिड र धारिलो हतियारले हमला गऱ्यो। पछि पुलिस पुगेर आरोपीलाई थानामा लिएर आयो। पुलिस सूत्र अनुसार आरोपीको पहिचान उत्तर 24 परगना जिल्लाको ब्यारकपुर क्षेत्र निवासी इन्द्रजीत मुखर्जीको रूपमा भएको छ।
प्राप्त जानकारी अनुसार लगभग चार वर्ष अगाड़ि इन्द्रजीत यस क्षेत्रमा बस्न आएका थिए र महिलाप्रति आकर्षित भएका थिए। महिलाद्वारा उसलाई कैयौं पटक अस्वीकार गरिएको परिणामस्वरूप यो घटना भएको हो। महिला होटलबाट घर फर्किरहेकी थिई, यसै अवधि तिनीमाथि हमला भयो। चिच्याएर गुहार माग्दा वरिपरीका मानिसहरूले उसलाई समातेर पुलिसलाई सुम्पिदिए।
घाइते महिलालाई तुरून्त अलिपुरद्वार जिल्ला अस्पतालमा भर्ती गरियो। उसको देब्रे आँखा र अनुहारमा गम्भीर चोट लागेको छ। स्थिति बिग्रिएपछि महिलालाई अलिपुरद्वार मेडिकल कलेजमा रेफर गरियो। अलिपुरद्वार पुलिसले आरोपीलाई बुधवार अदालतमा पेश गऱ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा