गुवाहाटी, 15 अक्टोबर (हि.स.)। एसआईटी प्रमुख औ सीआईडीका एडीजीपी मुन्ना प्रसाद गुप्ताले बुधवार मीडिया समक्ष जुबिन गर्गको मृत्यु मामिलामा भइरहेको जाँचको सम्बन्धमा दाबी गरे, सोशल मीडिया र म्यासेजिंग प्लेटफर्ममा भाइर जुबिन गर्गको जीएमसीएचपोस्टमर्टम रिपोर्ट असली होइन।
एसआईटी प्रमुखले भने, “त्यो रिपोर्ट असली होइन। त्यसमा कुनै पनि डाक्टरको हस्ताक्षर छैन। त्यसले त्यो असली होइन।” उनले भने, पाँचजना आरोपीहरूको पुलिस रिमाण्ड आज समाप्त भइरहेको छ, सबैलाई तय कारबाही अनुरूप चीफ ज्यूडिशियल मेजिस्ट्रेट (सीजेएम) कोर्टमा पेश गरिनेछ। सिंगापुरबाट पहिला नै एघारजना असमी प्रवासीहरू आइसकेका छन् र उनीहरूले आफ्नो बयान दर्ता गराइसकेका छन्। गुप्ताले अझ भने, यदि छोड़िएका अन्य प्रवासीहरू आज आए उनीहरूको पनि बयान दर्ताा गरिनेछ जसबाट दशजनाको बयान दर्ता हुनेछ।
उनले बताए, शेखरज्योति गोस्वामी औ अमृतप्रभा महन्तलाई आगामी 17 अक्टोबरको दिन अदालतमा पेश गर्नुछ। यसबीच मेडिकल एक्सपर्ट्सको एक टीम श्यामकानु महन्त तथा सिद्धार्थ शर्मा सहित पाँचै आरोपीहरूको स्वास्थ्य जाँच गर्नको लागि गुवाहाटीको सीआईडी अफिसमा गयो। यो जाँच सीआईडी परिसरमा कड़ा निगरानीमा गरिँदैछ।ट असमका दुईजना प्रवासी क्रमैले सुष्मिता गोस्वामी र देबोजीत हजारिका पनि अफिशियल कारबाहीको लागि सीआईडी अफिसमा पुगे। अहिले पनि जाँच जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा