खेल्दा-खेल्दै गलामा बलुन फसेर अबोधको मृत्यु
खेल्दा-खेल्दै गलामा बलुन फसेर अबोधको मृत्यु


पश्चिम मेदिनीपुर, 15 अक्टोबर (हि.स.)। जिल्लाको नरायनगढ़ ब्लक अन्तर्गत गहिरा शशिंदा क्षेत्रमा गए मंगलवार साँझ एक हृदयविदारक घटना घट्यो। बलुनसित खेल्दै गर्दा एकजना पाँच वर्षीय बालकको श्वास नलीमा बलुन फसेर मृत्यु भयो। मृत बालकको नाम सौम्यदीप सिंह रहेको बताइएको छ।

परिवार एवं स्थानीय सूत्र अनुसार गए मंगलवार साँझ उ आफ्नो घर नजिकै बलुनसित खेलिरहेको थियो। खेल्दा-खेल्दै बलुन उसको मुखभित्र पसेर सोझै श्वास नलीमा फस्यो। बालक तत्कालै अचेत भएर भुइँमा लड़्यो।

परिवारका सदस्य एवं स्थानीय मानिसहरूले उसलाई बेलदा सुपर स्पेशलिटी अस्पतालमा पुऱ्याए जहाँ चिकित्सकहरूले उसलाई मृत घोषित गरिदिए।यस घटनाको कारणले सम्पूर्ण क्षेत्रमा शोक व्याप्त भएको छ। छिमेकी र ग्रामीणहरूले परिवारलाई सान्त्वना दिए।उनीहरूले सतर्कता अप्नाउने अपील पनि सबैैसित गरेका छन्।

स्थानीय प्रशासनले मामिलालाई अस्वभाविक मृत्युको रूपमा दर्ता गरी अग्रिम जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande