दिल्लीमा सनातन प्रेमी सरकारको जीतः वीरेन्द्र सचदेवा
दिल्लीमा सनातन प्रेमी सरकारको जीतः वीरेन्द्र सचदेवा


नयाँ दिल्ली, 15 अक्टोबर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)- का दिल्ली प्रदेश अध्यक्ष वीरेन्द्र सचदेवाले बुधवार उच्चतम न्यायालयले दिल्लीमा दीपावली पर्वको अवसरमा ग्रीन पटाका पड़्काउने अनुमति दिएकोमा स्वागत गरेका छन्। उनले भने, दिल्लीमा सनातन प्रेमी सरकारको जीत भयो।

वीरेन्द्र सचदेवाले एक बयानमा भने, भाजपाले लगातार भन्दै आइरहेको थियो कि दीपावलीको एक रात पटाका पड़्काउनु शीतकालमा प्रदूषणलाई बढ़ाउनको निम्ति दोषी छैन। यसको निम्ति अन्य धेरैवटा कारणहरू छन्, तर तत्कालीन सरकारले सुनियोजित रूपमा पटाकाहरूलाई नै प्रदूषणको निम्ति दोष दिरह्यो। उनले भने, दिल्लीका सनातनीहरूलाई दीपावलीमा पटाका पड़्काउने यो छुट उनीहरूको सही भोट चुनाउको परिणाम हो।

दिल्ली प्रदेश अध्यक्षले पछिल्लो सरकारमाथि लक्षित गर्दै भने,दिल्लीका पूर्ववर्ती अरविन्द केजरीवाल एवं गोपाल राय हिन्दु विरोधी लेफ्ट राजनीतिका प्रतीक हुन् र उनीहरूको सरकारले नियोजित रूपमै यस्तो आँकड़ा पेश गऱ्यो जसबाट प्रभावित भएर उच्चतम न्यायालयले गत केही वर्षदेखिको दीपावलीमा पटाका पड़्काउनमाथि रोक लगाउँदै आइरहेको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande