भिड़न्तमा चार आरोपी पक्राउ
भिड़न्तमा चार आरोपी पक्राउ


जौनपुर, 15 अक्टोबर (हि.स.)। उत्तर प्रदेशको जिल्ला जौनपुरमा मंगलवार अबेर राति मीरगंज र मुंगराबादशाहपुर थानाको संयुक्त पुलिस टीमको बदमाशहरूसित भिड़न्त भयो। यस अवधि चार आरोपीलाई पक्राउ गरिएको छ, जसमा दुई आरोपी पुलिसको गोली लागेर घाइते भएका छन्। घाइते आरोपीहरूलाई उपचारको निम्ति अस्पताल पठाइएको छ।

अपर पुलिस अधीक्षक (देहात) ले बुधवार बताए, गए अबेर राति मंगलवार करौर मुंगरा रोड निकट सेमरी पुलिया अण्डरपासमा पुलिस र बदमाशहरूको भिड़न्त भयो। यस कारबाहीमा आजमगढ़ निवासी आसिफ उर्फ बुनेल उर्फ सलीम, कविनाश उर्फ करिया पुलिसको गोलीले घाइते भए। जबकि उनीहरूका दुई साथी नूर आलम र मुदस्सिरलाई पक्राउ गरियो। घाइतेहरूलाई उपचारको निम्ति अस्पताल पठाइएको छ।

पुलिसले आरोपीहरूदेखि पिकअप, नगदी, पेस्तोल, कारतूस जफत गरेको छ। पक्रा परेका आरोपीहरू विरूद्ध पहिलेपनि धेरै मामिलाहरूमा आपराधिक मामिला दर्ता छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande