बिहेको सपना देखाएर घर मालिकले युवतीको साथ गऱ्यो दुराचार
बिहेको सपना देखाएर घर मालिकले युवतीको साथ गऱ्यो दुराचार


गौतमबुद्ध नगर, 15 अक्टोबर (हि.स.)। थाना फेस-1 मा एक युवतीले आफ्नो घर मालिक विरूद्ध रिपोर्ट दर्ता गराएकी छे। घर मालिकले बिहेको सपना देखाएर उसित लगभग डेढ़ वर्षसम्म दुराचार गरेको आऱोप छ। अब आरोपीले बिहे नगर्ने भनिरहेको छ। घटनाको रिपोर्ट दर्ता गरी पुलिसले मामिलाको जाँच शुरू गरेको छ।

थाना फेस-1 का प्रभारी निरीक्षक अमित कुमार मानले बताए, हरौला गाउँमा भाड़ाको घरमा बस्ने एक युवतीले गए राति थानामा रिपोर्ट दर्ता गराएकी छन् कि उ हरौला गाउँ निवासी राहुल प्रजापतिको घरमा भाड़ामा बस्छिन्। पीड़िता अनुसार, आरोपी राहुलले उलाई बिहेको सपना देखायो तथा आफ्नो प्रेमजालमा फसाएर उसित लगभग डेढ़ वर्षसम्म दुराचार गऱ्यो। अब राहुलले उसित बिहे गर्न अस्वीकार गरिरहेको छ। बिहे गर्न भन्दा उले अपशब्द भन्दै ज्यानले मार्ने धम्की दिइऱहेको छ।

थाना प्रभारी अनुसार, घटनाको रिपोर्ट दर्ता गरी पुलिसले मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande