दार्जिलिङ, 15 अक्टोबर (हि. स.)। दार्जिलिङका नौ वटा ब्लक तथा चार वटा महकुमा सबैभन्दा अधिक प्रभावित भएका छन्। एक हजार तीन सयभन्दा अधिक मानिसहरूलाई आपदाबाट बचाइएको छ। मुख्यमन्त्री ममता ब्यानर्जीले बुधवार जिल्लाधिकारी तथा पुलिस अधीक्षकहरूसित पहाड़ी क्षेत्रको स्थितिमाथि सम्पन्न भएको समीक्षा बैठकमा सो जानकारी दिइन्।
मुख्यमन्त्री हाल आपदा प्रभावित उत्तर बंगालमा छन्। उनले उत्तर बंगालमा राज्य सरकारद्वारा अहिलेसम्म गरिएका कार्यहरूको लेखाजोखा गरिन्। यस अवधि उनको मुखबाट अभावको स्वर सुनियो। उनले भनिन्, मलाई कसैबाट पनि एक रुपियाँ पनि प्राप्त भएको छैन तथापि राज्य सरकारले धेरै कुरा गरेको छ। बैठकमा पहाड़ी क्षेत्रलाई भएको नोक्सान, पुनर्निर्माण तथा राहत एवं बचाउ कार्यहरूको रूपरेखामाथि विस्तारपूर्वक चर्चा गरियो।
मुख्यमन्त्रीले भनिन्, दार्जिलिङमा नौ वटा ब्लक अनि चार वटा महकुमा सबैभन्दा अधिक प्रभावित भएका छन्। अहिलेसम्ममा एक हजार तीन सयभन्दा अधिक मानिसहरूलाई आपदादेखि बचाइसकिएको छ। मुख्यमन्त्रीले प्रशासनिक टीम, बीडीओ, डीएम, एसपी, पुलिस, एनडीआरएफ तथा बचाउ कार्यमा खटेका मानिसहरूप्रति आभार प्रकट गरिन्।
उनले यो पनि भनिन्, दुधियाको अस्थायी पुल सात दिनभित्रमा बनिनेछ। यहाँ एक स्थायी पुलको काम पनि भइरहेको छ जुन डेढ़ वर्षपूर्व शुरू भएको थियो। एउटा सानो पैदल हिँड़्ने पुल पहिलाबाटै बनिसकेको छ।
मुख्यमन्त्रीले बताइन्, मिरिक बजार, सुखिया पोखरीमा राहत शिविर संचालन भइरहेको छ। उनले भनिन्, हमारा पाड़ा, हमारा समाधान शिविर- को कामलाई पनि विस्तार गरिएको छ। आपदामा दस्तावेजहरू गुमाउने परिवारहरूले राहत शिविरमा आवेदन गरे त्यहीँ नै दस्तावेजहरू बनाइदिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा