तुमिन लिङ्गी समष्टिमा एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल भएको दाबी
तुमिन लिङ्गी समष्टिमा एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल भएको दाबी


गान्तोक, 15 अक्टोबर (हि.स.)। तुमिन लिङ्गी निर्वाचन क्षेत्रमा सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) र सिटिजन एक्सन पार्टी (सीएपी) बाट ठूलो संख्यामा कार्यकर्ताहरूले पार्टी परित्याग गरेका छन्। पार्टी परित्याग गरी उनीहरू सत्तारूढ एसकेएम पार्टीमा सामेल भएको दाबी गरिएको छ।

क्षेत्र विधायक साम्डुप छिरिङ भोटियाले उनीहरूलाई आधिकारिक रूपमा पार्टीमा स्वागत जनाए। पार्टी अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङको कुशल नेतृत्व र जनताप्रतिको समर्पण र नीति सिद्धान्तबाट प्रभावित बनेर आफूहरूले एसकेएम पार्टीमा सामेल हुने निर्णय लिएको उनीहरूले बताएका छन्। अब उसो एसकेएम पार्टीको मार्गनिर्देशनमा रहेर जनसेवामा लागिपर्ने प्रतिबद्धता पनि उनीहरूले जाहेर गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande