आसनसोल, 16 अक्टोबर (हि.स.)। बालुवा तस्करी प्रकरणमा प्रवर्तन निदेशालय (ईडी)- को जाँच द्रूत गतिमा अगाड़ि बढ़िरहेको छ। बिहीवार बिहानदेखि नै राज्यका विभिन्न भागहरूमा डीईको कारबाही जारी छ। यसै क्रममा ईडीले आसनसोलको मुरगाशोल क्षेत्रस्थित प्रमुख व्यवसायी मनीष बागड़ियाको आवासमा छापा माऱ्यो।
सूत्र अनुसार बिहान-बिहान ईडीका लगभग 40 सदस्यीय टीमले केन्द्रिय सुरक्षा बलहरूको साथमा बागड़ियाको आवासमा पुगेर सम्पूर्ण परिसरलाई घेरे। तथापि त्यसबेला मनीष बागड़िया घरमा थिएनन्। भनिन्छ, कुनै व्यक्तिगत कारणले तिनी कोलकाता गएका छन्।
स्थानीय सूत्र अनुसार बागड़िया परिवार विगत लामो समयदेखिकै आसनसोलको व्यवसायिक जगतमा सक्रिय छ। परिवारको धेरैवटा कारबार छ जसमा बालुवा र सिमेन्ट निर्माण प्रमुख हो। भनिन्छ, पछिल्लो तीन वर्षभित्रमा मनीषको बालुवा कारबारमा उल्लेखनीय वृद्धि भएको छ।
‘आसनसोल चेम्बर अफ कमर्स’- का सामान्य सचिव शम्भु झाले बताए, “बागड़िया परिवारका तीन दाज्यु-भाइ आसनसोलमा बस्छन् र उनीहरूको व्यापार ठूलो छ।” तथापि उनले ईडीको कारबाही वा बालुवा तस्करीसित सम्बन्धित कुनै पनि आरोपको जानकारी दिन अस्वीकार गरे।
प्राप्त जानकारी अनुसार ईडीले आसनसोल बाहेक कोलकाताको बेंटिंग स्ट्रीट सहित राज्यका सात वटा स्थानहरूमा एकसाथ जाँच अभियान चलाएको छ। प्रारम्भिक जाँचमा यो कारबाही बालुवा तस्करीसित जोड़िएको आर्थिक लेनदेन तथा मनी लण्ड्रिंगको सम्बन्धमा गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा