गुवाहाटी, 16 अक्टोबर (हि.स.)। असम प्रदेश भाजपा अध्यक्ष दिलीप सैकियाले बाक्सा जिल्लामा पत्रकार तथा पुलिसमाथि भएको हमलाको कड़ा निन्दा गरेका छन्। उनले भने, “यो घटनाले केही नयाँ संकेत दिरहेको छ।”
सैकियाले भने, पत्रकार अनि पुलिसककर्मीहरूमाथि हमला गर्ने मानिसहरू को हुन्, यसको जाँच सरकारले गर्नुपर्छ। उनले भने, मीडिया तथा कानून व्यस्थासित सम्बन्धित मानिसहरूमाथि हमला कुनै पनि स्थितिमा स्वीकार्य हुनेछैन। दोषीहरूविरूद्ध कड़ा कारबाही गर्नुपर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा