कोलकाता, 16 अक्टोबर (हि.स.)। बिहीवार बिहान गंगा नदीमा एउटा कारलाई बगिरहेको देखियो। उक्त घटनाले निमतला घाटमा कोकोहोलो मचायो। घटना भइरहेको समय घटनास्थलमै धेरै मानिसहरू भेला भएका थिए। गंगाबाट कारलाई निकाल्नको लागि कोलकाता रिभर ट्राफिक पुलिस तत्कालै घटनास्थलमा पुग्यो।
जानकारी अनुसार बिहीवार बिहान एकजना युवक भूतनाथ मन्दिरमा पूजा अर्चना गर्न आएका थिए। युवकले आफ्नो कारलाई घाटमा पार्क गरेर मन्दिर तिर गए। पूजा गरेर फर्किन अगावै उसको कार पानीमा बगिकेको थियो। घाटमा उपस्थित मानिसहरूले वाहन बगेको देखेर खैलाबैला गरे।
प्रत्यक्षदर्शीहरूले भने, घाटको किनारमा राखिएको कार बिस्तारै गंगामा बग्न थाल्यो अनि क्षणभरमै नदीको मध्य भागमा पुग्यो। त्यसपछि रिभर ट्राफिक पुलिसलाई सूचना दिइयो। तत्कालै घटनास्थलमा आइपुगेको रिभर ट्राफिक पुलिसले कारलाई नदीबाट निकाल्ने काम शुरू गऱ्यो।
घटनामा तीनजना मानिसहरू घाइते भएका छन् जसको उपचार स्थानीय अस्पतालमा भइरहेको छ। पुलिसले घटनाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा