खोकीका औषधिहरूमाथि नजरः केही राज्यहरूमा बाल-बालिकाहरूको मृत्यु भएपछि बंगाल सरकाकरले बढ़ायो निगरानी
खोकीका औषधिहरूमाथि नजरः केही राज्यहरूमा बाल-बालिकाहरूको मृत्यु भएपछि बंगाल सरकाकरले बढ़ायो निगरानी


कोलकाता, 16 अक्टोबर (हि.स.)। पश्चिम बंगाल औषधि नियन्त्रण निदेशालयले राज्यमा खोकीको सिरप बेच्ने तथा विपणन गर्ने कम्पनीहरूमाथि निगरानीलाई अझ कड़ा बनाएको छ। यस सम्बन्धमा एउटा निर्देश अनि दिशानिर्देश जारी गरिएको छ। यो कदम हालैमा ‘कोल्डरिफ’ सिरपमाथि लगाइएको प्रतिबन्धपछि उठाइएको हो।यो सिरपमाथि पहिला मध्य प्रदेशमा बाल-बालिकाहरूको मृत्यु भएको कारणले लगाइएको थियो।

स्वास्थ्य विभागीय अधिकारीले बिहीवार बताए, राज्य सरकारले यस आदेशलाई एक “सावधानीपूर्ण उपाय” बताएको छ ताकि कुनै पनि प्रकारको जनहानिलाई रोक्न सकियोस्।

नयाँ नियम अनुसार कुनै पनि विक्रेताले निर्माता कम्पनीसित लिखित सम्झौता नगरी अन्य कम्पनीद्वारा निर्मित औषधिलाई आफ्नो नाममा बेच्न वा वितरण गर्न सक्नेछैन। दिशानिर्देशको सेक्शन 84डी अन्तर्गत यसलाई अनिवार्य गरिएको छ। सेक्शन 84 ई अनुसार औषधि विपणन कम्पनीलाई उत्पादको गुणस्तर र नियामक जिम्मेवारीहरूमा निर्मातासँगसँगै समान रूपमा उत्तरदायी मानिनेछ।

दिशानिर्देश मुताविक राज्यमा कार्यरत सबै खोकीको सिरप विपणन कम्पनीहरू जसको उत्पाद पश्चिम बंगाल बाहिर निर्माण भइरहेको छ-ले आगामी 15 दिनभित्रमा निर्मातासित भएको सम्झौताको प्रति राज्य औषधि नियन्त्रण निदेशालयको लाइसेसिंग प्राधिकरणलाई सुम्पिनुपर्छ। सम्झौताको प्रति निदेशालयको ईमेल- tellddcwb@gmail.com मा पनि पठाउन सकिन्छ जसलाई निदेशालयद्वारा जाँचिनेछ।

यस अतिरिक्त कम्पनीहरूलाई ‘ड्रग अलर्ट’ पोर्टललाई नियमित रूपमा फलो गर्ने निर्देश दिइएको छ ताकि उनीहरू औषधिको सुरक्षा अनि गुणस्तरसित सम्बन्धित नयाँँ अपडेट र चेताउनीहरूदेखि अवगत रहुन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande