जादवपुर विश्वविद्यालयको सुरक्षामा कड़ा भयो सरकार, कोलकाता पुलिसले दियो दुई सय वटा सीसीटीभी क्यामरा जड़ान गर्ने सुझाउ
जादवपुर विश्वविद्यालयको सुरक्षामा कड़ा भयो सरकार, कोलकाता पुलिसले दियो दुई सय वटा सीसीटीभी क्यामरा जड़ान गर्ने सुझाउ


कोलकाता, 16 अक्टोबर (हि.स.)। जादवपुर विश्वविद्यालयमा निरन्तर बढ़्दो सुरक्षा चिन्ताहरूबीच राज्य सरकारले फेरि एकपटक सुरक्षा व्यवस्थालाई सशक्त बनआुने दिशामा कदम बढ़ाएको छ। कोलकाता पुलिसले विश्वविद्यालय परिसरमा न्यूनतम 2 सय वटा सीसीटीभी क्यामरा जड़ान गर्ने प्रस्ताव दिएको छ।

सूत्र अनुसार हाल सरकारले मुख्य (मेन) औ सल्टलेक दुवै परिसरमा 70 वटा सीसीटीभी क्यामरा जड़ान गर्नको लागि वित्तीय स्वीकृति दिएको छ। यस अतिरिक्त प्रशिक्षित 32 जना सुरक्षा कर्मीहरूलाई नियुक्ति गर्ने प्रस्ताव पनि वित्त विभागको अनुमोदनको लागि पठाइएको छ।

विश्वविद्यालयको सूत्र मुताविक बैठकमा प्रो-भाइस चान्सलर र रजिस्ट्ररले राज्य सरकारका प्रतिनिधिहरू समक्ष दुईजना नयाँ सुरक्षा अधिकारीहरूलाई नियुक्ति गर्ने सुझाउ राखे। साथै क्याम्पसको पोखरी क्षेत्रलाई चारैतिरबाट बार लगाएर घेर्ने, प्रकाशको सर्वोत्कृष्ट व्वस्था तथा अन्य सुरक्षा सुधारहरूको लागि अतिरिक्त धनराशिको माग पनि गरियो।

विश्वविद्यालयले पहिला नै उच्च शिक्षा विभागलाई दुई वटा प्रस्ताव पठाएको थियो। एउटा प्रस्ताव 70 वटासीसीटीभी जड़ान गर्नको लागि थियो जसको अनुमानित लागत 68 लाख 64 हजार 663 रुपियाँ बताइएको थियो। दोस्रो प्रस्ताव- 32 जना प्रशिक्षित सुरक्षा कर्मी (30 गार्ड औ दुईजना सुपरभाइजर) नियुक्तिको सन्दर्भमा थियो जसको लागि मासिक 7 लाख 51 हजार 488 रुपियाँको स्वीकृति मागिएको थियो।

वित्त विभागले विश्वविद्यालयलयलाई बताएको छ, सुरक्षा कर्मीहरूको नियुक्ति सम्बन्धि प्रस्तावलाई पहिला उच्च शिक्षा विभागको माध्यमबाट वित्त विभागस्म पठाउन आवश्यक छ जसपश्चात नै धन आवन्टन गर्ने निर्णय लिइनेछ। उच्च शिक्षा विभागका एकजना अधिकारीले भने, “वित्तीय स्वीकृति पाउनसाथ सुरक्षा कर्मीहरूको नियुक्ति प्रक्रिया शुरू गरिनेछ।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande