कल्याण बन्द्योपाध्यायको वाम मोर्चामाथि हमलाः “बुद्धदेवको समयमा बंगालको कालो इतिहास”
कल्याण बन्द्योपाध्यायको वाम मोर्चामाथि हमलाः “बुद्धदेवको समयमा बंगालको कालो इतिहास”


हुगली, 16 अक्टोबर (हि.स.)। श्रीरामपुरबाट तृणमूल कंग्रेसका सांसद कल्याण बन्द्योपाध्यायले गए बुधवार साँझ तृणमूलको विजया सम्मेलनको मञ्चबाट वाममोर्चा सरकार अनि दिवंगत पूर्व मुख्यमन्त्री बुद्धदेव भट्टचार्यमाथि हमला गरे। उनले दाबी गरे, बंगालमा हत्या अनि बलात्ककारको सबैभन्दा अधिक मामिला वाम शासन अवधि भएको थियो र यसमा पनि बुद्धदेव भट्टचार्यको शासनकालमा सबैभन्दा अधिक घटनाहरू दर्ता गरियो।

कल्याण बन्द्योपाध्यायले भने, “आज केही वामपन्थीहरूले ठूल्ठूला कुरा गरिरहेका छन्। तर उनीहरूले याद राख्नुपर्छ, उनीहरूको अतीतलाई कसैले भुलेका छैनन्। बंगालमा हत्या-बलात्कार उनीहरूको सममा सबैभन्दा अधिक भयो। बुद्धदेव भट्टचार्यको शासनकालमा त झन् यो चरममा थियो। आज केही बुद्धिजीविहरूले उनको तस्वीरलाई झुण्डाएर पुज्छन्, तर हामी भन्छौं- ‘छि: बुद्ध, छि:!’ उनी सम्माननीय व्यक्ति थिए, अब रहेनन्, तर मुख्यमन्त्रीको रूपमा उनले एउटा कालो इतिहास रचे। उनको समयमा पुलिस पूर्ण रूपले सीपीएमको गुलाम थियो।”

यता भाजपा नेता औ राज्य विधानसभाका नेता प्रतिपक्ष शुभेन्दु अधिकारीलाई चुनौती दिँदै तृणमूल सांसदले भने, “अब आएका छन् शुभेन्दु अधिकारी। वर्ष 2026 -को चुनाउमा उनलाई कति हजार भोटले हराउँछ, त्यो हेर्नुपर्छ। उनले ममता ब्यनर्जीलाई चुनौती दिरहेका छन्। उनी कति ठूलो नेता हुन्? म उनलाई खुल्ला चुनौती दिन्छु। श्रीरामपुर लोकसभा क्षेत्रको कुनै पनि विधानसभा सीटबाट जितेर देखाउन्।”

कल्याण बन्द्योपाध्यायले दुर्गापुर ग्यांगरेप प्रकरणमा विपक्षी नेतामाथि धर्म आधारित राजनीति गरेको आरोप पनि लगाए। उनले भने, “दुर्गापुरको घटनालाई लिएर शुभन्दु अधिकारीले हिन्दू-मुस्लिम राजनीति गरिरहेका छन्। अपराधीहरूको कुनै धर्म हुँदैन, उनीहरू मात्र अपराधी हुन्छन्।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande