खगेन-शंकरमाथि हमला मामिलामा थप अर्को आरोपी पक्राउ, अहिलेसम्ममा पक्रा पर्नेहरूको संख्या पुग्यो 6
खगेन-शंकरमाथि हमला मामिलामा थप अर्को आरोपी पक्राउ, अहिलेसम्ममा पक्रा पर्नेहरूको संख्या पुग्यो 6


जलपाइगढी, 16 अक्टोबर (हि.स)। मालदा उत्तरका भाजपा सांसद खगेन मुर्मू औ सिलगढ़ीका पार्टी विधायक शंकर घोषमाथि जिल्लाको नागराकाटामा भएको हमलाको सिलसिलामा थप अर्को आरोपीलाई पक्राउ गरिएको छ। पक्रा पर्ने आरोपीको नाम मन्नान सरकार हो।

नागराकाटा थानाको पुलिसले गए बुधवार अबेर रात खोजी पश्चात आरोपीलाई पक्राउ गरेको हो। आरोपीलाई बिहिवार जलपाइगढी जिल्ला न्यायालमा पेश गरियो। यसबाट यस मामिलामा पक्रा पर्ने आरोपीहरूको संख्या छः पुगेको छ।

यस घटनामा पहिला नै पक्राउ गरिएका पाँचजना आरोपीहरू हाल जेलमा थुनिएका छन्। अन्य आरोपीहरू जस्तै मन्नानमाथि पनि हत्या गर्ने प्रयास तथा एससी-एसटी अत्याचार अधिनियम जस्ता केही अन्य धाराहरू अन्तर्गत मामिला दर्ता गरिएको छ।

पुलिसले बतायो, आरोपीहरूलाई प्रमाणको आधारमा पक्राउ गरिएको हो। यस मामिलामा सामेल कुनै पनि व्यक्तिलाई छाड़िनेछैन। यसबीच विधानसभामा विपक्षका नेता शुभेन्दु अधिकारीले खगेन-शंकरमाथि हमला गरेको विरोधमा बिहिवार नागराकाटामा विरोध मार्चको आह्वान गरेका छन्। भनिन्छ, उनी स्वयं पनि नागराकाटा जानेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande