कोलकाता, 16 अक्टोबर (हि.स.)। आगामी दीपावली औ तिहारको मौसमलाई मध्यनजर गर्दै कोलकाता पुलिसले मातेर वाहन हाँक्नेहरूको मामिलामा कड़ाई गर्नको लागि 50 वटा उन्नत ब्रीथ एनालाइजर उपकरणलाई शहरभरि तैनाथ गर्ने निर्णय लिएको छ। एकजना वरिष्ठ पुलिस अधिकारीले बिहीवार यस आशय बारे बताए।
अधिकारी अनुसार यो आधुनिक उपकरणले सड़क किनारको जाँचलाई अझ बढ़ी प्रभावशाली तथा छेड़छाड़ रोधी बनाउनेछ। दीपावलीसँगसँग काली पूजा, क्रिसमस तथा नव वर्ष जस्ता पर्वहरूमा मदिरा सेवनका मामिलाहरू शहरभरि नै वृद्धि हुन्छ जसबाट सड़क दुर्घट
ना हुने जोखिम बढ़्दछ। उनले बताए, यस्ता घटनाहरूलाई रोक्नका लागि पुलिस टीमले कोलकाताका प्रमुख स्थानहरूमा नाका जाँच अभियान संचालन गर्नेछ जहाँ यी उपकरणहरूलाई प्रयोग गरिनेछ।
अधिकारीले भने, प्रायजसो नै रक्सी सेवन गरेर वाहन हाँक्नेहरूले पछि आरोपहरूलाई अस्वीकार गर्दछन्, तर अब यो सम्भव हुनेछैन। यो उपकरणले ठोस डिजीटल साक्ष्य उपलब्ध गराउनेछ जसलाई कुनै पनि प्रकारले चलाउन सकिँदैन।”
लगभग 300 ग्राम वजन भएको यी उपकरणहरूमा उन्नत सेन्सर अनि 3.2 इञ्चको एलसीडी स्क्रीनलाई जड़ान गरिएको छ जुन हल्का सासबाट मदिराको मात्रा पत्तो लगाउन सक्ष छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा