दार्जिलिङ, 16 अक्टोबर (हि.स.)। मुख्यमन्त्री ममता ब्यानर्जीले दार्जीलिङको महाकाल मन्दिरमा बिहिवार पूजा-अर्चना गरिन्। यस अवधि मुख्यमन्त्रीले मन्दिरका पुजारीहरू अनि श्रद्धालुहरूसित बातचित पनि गरिन्। मुख्यमन्त्रीसित मन्त्री अरूप विश्वास र अन्य उपस्थित थिए।
उल्लेखनीय छ, मुख्यमन्त्री ममता ब्यनर्जी उत्तर बंगाल औ पहाड़को दोस्रो चरणको भ्रमणमा छन्। यहाँ उनले दार्जिलिङ तथा कालेबुङ जिल्लालाई लिएर गए बुधवार एक प्रशासनिक बैठक गरेकी थिइन्। यस अवधि उनले आपदामा सहयोग गर्ने मानिसहरूलाई सम्मानित गरेकी थिइन्।
प्रशासनिक सूत्र अनुसार, मुख्यमन्त्री ममता ब्यनर्जी पूजा अर्चनापछि सिलगढ़ी तर्फ प्रस्थान भएकी छन्। आज नै मुख्यमन्त्री ममता ब्यानर्जी कोलकाता फर्किन सक्छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा