6 वर्षीय नाबालिकसित दुष्कर्म गरेको आरोपमा युवक पक्राउ
6 वर्षीय नाबालिकसित दुष्कर्म गरेको आरोपमा युवक पक्राउ


मुर्शिदाबाद, 16 अक्टोबर (हि.स.)। मुर्शिदाबाद ज़िल्लाको सुती थाना पुलिसले एकजना 6 वर्षीय बालिकासित बलात्कार गरेको आरोपमा एकजना युवकलाई सात दिनको पुलिस रिमाण्डमा लिएको छ। आरोपीले कथित रूपमा गत मंगलवार साँझ गाउँमा बिजुली नभएको फाइदा उठाएर बालिकालाई झाड़ीमा लगेर उसित बलात्कार गऱ्यो।

पुलिसले बिहीवार बतायो, आरोपीलाई जंगीपुर महकुमा अदालतमा पेश गरियो जहाँबाट उसलाई सात दिनको पुलिस हिरासतमा पठाइएको छ।

घटनाको सम्बन्धमा फरक्का महकुमा पुलिस अधिकारी एस.के. शमसुद्दीनले भने, आरोपीलाई पक्राउ गरिएको छ। हाल उसलाई पुलिस हिरासतमा राखिएको छ। उसित जाँचबुझ भइरहेको छ। पीड़ितालाई मेडिकल परीक्षणको लागि पठाइएको छ। जाँच कार्यलाई चाँड़ै पूरा गर्ने प्रयास गरिँदैछ।

पुलिसले बतायो, प्रारम्भिक जाँचबुझमा थाहा लागे अनुसार पक्रा पर्ने युवक विभिन्न प्रकारको नशाको लतमा फसेको छ। पुलिस मुताविक गत मंगलवार राती घटनापछि पीड़ितालाई एक स्थानीय अस्पतालमा भर्ती गराइएको थियो।

पुलिस सूत्रले बतायो, आरोपीको अनुहार र शरीरका विभिन्न भागहरूमा कोपारेको निशान थियो। पुलिसले आरोपीलाई बुधवार घटनास्थलमा लिएर गएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande