जलपाइगढी, 16 अक्टोबर (हि. स.)। जंगली हात्तीको हमलामा एकजना मानिसको मृत्यु भएको छ। मृतकको पहिचान विश्वनाथ उराउँ (50)को रूपमा भएको छ। पुलिसले बिहीवार बिहान नागराकाटाको खैरबाड़ी न्यू मार्केट क्षेत्रबाट व्यक्तिको शवलाई उद्धार गऱ्यो।
सूत्र अनुसार उक्त व्यक्ति गए बुधवार राती धानको खेतको रखवाल गर्नको लागि गएका थिए। बिहान एकजना स्थानीय महिलाले एउटा घर अगाड़ि उक्त व्यक्तिको शवलाई देखिन्। खबर पाएपछि खुनिया र डायना रेञ्जका वनकर्मीहरू घटनास्थलमा पुगे। पछि नागराकाटा थानाको पुलिस पनि घटनास्थलमा पुग्यो। पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि जलपाइगढी मेडिकल कलेजमा पठाइदियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा