सारण्डामा नक्सलीहरूले सड़कमा रूख ढालेर अवरूद्ध गरिदिए
सारण्डामा नक्सलीहरूले सड़कमा रूख ढालेर अवरूद्ध गरिदिए


पश्चिमी सिंहभूम, 16 अक्टोबर (हि.स.)। पश्चिमी सिंहभूम जिल्लाको घना सारण्डा जंगलमा नक्सली गतिविधिहरू पुनः सक्रिय भइरहेका छन्। गए बुधवार अबेर राति जराईकेला थाना क्षेत्रको कोलबंगा गाउँ नजिकै भाकपा-माकपा नक्सलीहरूले दुई वटा ठूल्ठूला रूखहरूलाई सड़कमा तेर्साएर बाटो नै अवरूद्ध गरिदिए। साथै घटनास्थलमा ब्यानर पनि झुण्डाए जसमा आफ्नो माग अनि सन्देशहरू लेखिएको थियो।

यो घटना नक्सलीहरूले मनाइरहेका प्रतिरोध सप्ताह अवधि भएको छ जसले गर्दा सम्पूर्ण क्षेत्रमा भय व्याप्त भएको छ। ग्रामीणहरूले बताए, राति आएका नक्सलीहरूले सड़क जाम गरेपछि ब्यानर झुण्डाएर गए। रूखहरूलाई तेर्साइएका कारणले गाउँहरूमाझ सम्पर्क मार्ग पूर्ण रूपले ठप्प भएको छ।

सुरक्षा एजेन्सीहरूको मान्यता छ, यस कारवाहीको माध्यमबाट नक्सलीहरूले आफ्नो उपस्थिति दर्ता गराउने तथा पुलिस अभियानको विरोध गर्ने चेष्टा गरिरहेका छन्।

उल्लेखनीय छ, बितेका दुई दिन अगाड़ि मात्र नक्सलीहरूले यसै क्षेत्रमा एयरटेलको मोबाइल टावरमा आगो लगाएर ध्वस्त बनाइदिएका थिए, आईईडी विस्फोट गरेर सुरक्षा बलहरूलाई लक्षित गरिएको थियो जसमा एकजना जवान शहीद भएका थिए भने दुईजना घाइते भएका थिए।

घटनापछि पुलिसले वरपरका क्षेत्रहरूमा खोजी अभियानलाई तीव्रता दिएको छ भने सड़कबाट रूखहरूलाई हटाउने काम जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande