उत्तर बंगाल आपदाः राज्यका मन्त्रीहरूले आफ्नो वेतनबाट राहत कोषमा एक लाख रुपियाँ दिने
उत्तर बंगाल आपदाः राज्यका मन्त्रीहरूले आफ्नो वेतनबाट राहत कोषमा एक लाख रुपियाँ दिने


कोलकाता, 16 अक्टोबर (हि.स.)। उत्तर बंगालमा आएको भयंकर बाढ़ी अनि पैह्रोबाट प्रभावित क्षेत्रहरूलाई सहयोग गर्नका लागि तृणमूल कंग्रेसले महत्वपूर्ण फसेला लिएको छ। पार्टीले सबै राज्य मन्त्रीहरूलाई निर्देश दिएको छ, उनीहरूले आफ्नो वेतनबाट एक लाख रुपियाँ उत्तर बंगाल आपदा राहत कोषमा जमा गरून्।

यो निर्णय त्यसबेला लिइयो जतिबेला पार्टीका राष्ट्रिय महासविच अभिषेक ब्यानर्जीले स्वयं उदाहरण पेश गर्दै सोमवार आफ्नो वेतनबाट एक लाख रुपिाँ राहत कोषमा जमा गरे। त्यसपछि मुख्यमन्त्री ममता ब्यानर्जीले पनि पाँच लाख रुपियाँ व्यक्तिगत योगदान दिएका छन्।

सूत्र अनुसार मुख्यमन्त्रीले यो राशि पश्चिम बंगाल आपदा प्रबन्धन प्राधिकरण (डब्ल्यूबीएसएमडीए)- को खातामा जमा गराएकी छन्। यो कोष उत्तर बंगालका बाढ़ तथा पैह्रो प्रभावित जिल्लाहरूमा राहत एवं पुनर्वास कार्यहरूको लागि बनाइएको हो।

मन्त्रीहरूलाई पार्टीको पक्षबाट आधिकारिक रूपमा सन्देश पठाएर ब्यांक खाता नम्बर व्हाट्सएपको माध्यमबाट दिइएको छ साथै निर्देश दिइएको छ, सबै मन्त्रीहरूले एक लाख रुपियाँ यस खातामा ट्रान्सफर गरून्।

अभिषेक ब्यनर्जीले आफ्नो ‘एक्स’ पोस्टमा लेखे, “उत्तर बंगालका केही जिल्लाहरू अचानक आएको बढ़ी र पैह्रोले पूर्ण रूपमा प्रभावित भएका छन्।राज्य सरकारले राहत औ पुनर्वास कार्यको लागि मानिसहरूसित सहयोगको अपील गरेको छ। एकजुटता देखाउँदै मैले एक लाख रुपियाँ राहत कोषमा दान दिएको छु।”

मुख्यमन्त्री ममता ब्यानर्जी जो अहिलेघरि उत्तर बंगालको भ्रमणमा छन्,-ले गत मंगलवार बिहान आफूलि दिएको योगदानको घोषणा गरिन्। उनले भनिन्, “मैले राहत कोषमा पाँच लाख रुपियाँ जमा गरेकी छु। राज्य सरकारले ती परिवारहरूलाई पाँच-पाँच लाख रुपियाँको सहयोग दिनेछ जसका प्रियजनहरूको यस आपदामा मृत्यु भएको छ। जसको घर पूर्ण रूपमा ध्वस्त भएको छ, त्यसलाई बनाउने जिम्मेवार राज्य सरकारले लिनेछ।”

राज्य सरकारका अधिकारीहरू मुताविक मन्त्रीहरूको मासिक वेतन लगभग 1.5 लाख रुपियाँ छ र उनीहरूसित एक महिनाको भन्दा कम वेतनलाई दान गर्ने आग्रह गरिएको छ।

यसबीच भारतीय जनता पार्टीका विधायकहरूले पनि राहत कार्यको लागि सहयोग गर्ने घोषणा गरेका छन्। भाजपाले घोषणा गरेको छ, उनीहरूले आफ्नो पार्टीको कोषबाट उत्तर बंगालका प्रभावित परिवारहरूलाई मद्दत गर्नेछन्। प्रत्येक मृतक परिवारलाई दुई लाख रुपियाँ आर्थिक सहयोग दिइनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande