कोलकाता, 16 अक्टोबर (हि.स.)। न्यू ब्यारकपुर थानाको पुलिसले गए बुधवार अबेर राती साजिरहाट मो़ड़मा एकजना भौंतारिएकी महिलालाई उसको परिवारसित भेट गराइदियो। पुलिसले पहिला महिलालाई थानामा ल्यायो। त्यसपछि महिलाको पहिचानको लागि लगातार प्रयास शुरू गरियो। यसबीच थाहा लाग्ो कि महिलाको नाम जुई रक्षित (25) हो जो घोला थाना क्षेत्रको नेताजी सुभाष नगर निवासी हु्न् र तिनका पति असीम बर्मन हुन्।
पुलिसले महिलाको परिवारसित सम्पर्क गरेर सत्यापन गरेपछि नै महिलालाई तिनको पतिको हातमा सुम्पिदियो। थाानाका अधिकारीले बताए, महिला पूर्ण रूपले सुरक्षित छन् र उसको परिवारलाई सकुशल सुम्पिइएको छ।
पुलिस प्रशासनको यस तत्परताको स्थानीय मानिसहरूले प्रशंसा गरिरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा